दुई दिने स्थानीय कानुन सिकाई अभ्यास कार्यशाला सम्पन

9

 बाँके
गाउँपालिका राष्ट्रिय महासंघ नेपालको आयोजना तथा बैजनाथ गाउँपालिका संयोजनमा दुई दिने स्थानीय कानुन सिकाई अभ्यास कार्यशाला सम्पन भएको छ ।

प्रदेश न ५ को गाउँसभा नगरसभा संचालन सम्बन्धि विभिन्न कानुन र प्रदेश ५ मा रहेका गाउँसभा नगरसभाको कानुन निर्माण प्रक्रिया सम्बन्धि कार्यशाला तथा अभिमुखीकरण गरिएको हो ।

दुई दिने कानुन सिकाई अभ्यास तालिम पश्चात स्थानीय बैजनाथका वडा सदस्य तथा कार्यपालिका सदस्यहरुमा थप सिप र ज्ञान प्राप्त भएको अनुभूति गरेको बैजनाथ ३ का अध्यक्ष राम चरण थारुले बताए ।यस्तै गाउँसभामा कुनै पनि विषयमा बोल्न लाई अप्ठरोपन लाई यो दुई दिने अभ्यास तथा कानुन का बारेमा ज्ञान पाउदा आउदा दिनहरुमा सार्वजनिक महत्वका विषयमा बोल्न सक्ने भएको महशुस गरेको बैजनाथ गाउँपालिका ४ की सदस्य राम कुमारी गुरुङले विश्वास छ ।

दुई दिने कार्यशालामा चारवटा क्षेत्रमा विधेयकहरु तयार सभामा विधेयक प्रस्तुत,छलफल र पारित गर्ने प्रक्रियाहरु नमुना गाउँसभा गरिएको थियो ।

यस्ता अभ्यासहरुले आत्म वल र विश्वास बढ्ने र आगामी गाउँसभामा सदस्यहरुलाई बोल्न सहज हुने बैजनाथ गाउँपालिका ३ की सदस्य पद्मा रोकायाको थियो ।

कार्यक्रममा गाउँसभा राष्ट्रिय महासंघ नेपालका केन्द्रिय सचिवालय सदस्य एवं खजुरा गाउँपालिका अध्यक्ष किश्मतकुमार कक्षपतिले नोपलको सन्दर्भमा संघीयता नयाँ रहेको बताउदै हामीले गर्ने हरेका गतिविधिहरु संघीयताको संस्थागत विकास र आम नागरिकहरुको चासो र महत्वको विषय हुने बताए ।कक्षपतिले नेपालका गाउँपालिका भन्दा सबै भन्दा सक्षम गाउँपालिका बनाउन खजुरा सरकार लागी परेको बताए । उनले खजुरा गाउँपालिकामा अपाङ असाय मुक्त गाउँपालिका घोषणा गरिएको जानकारी समेत दिए । कार्यक्रमको समापनमा बोल्दै बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले यस्ता कार्यशालाले गाउँपालिकाको क्षमता बृद्धि हुने विश्वास व्यक्त गरे ।

रुचालले यस्ता कार्यशालाले संघीयता कार्यान्वय तथा स्थानीय सरकार संचालन गर्नेा कानुन निर्माण टेवा पुग्ने विश्वास ब्यक्त गरे । दुई दिने कार्यक्रमको सहजीकरण राष्ट्रिय महासंघका वरिष्ठ कार्यक्रम अधिकृत राजेन्द्र प्याकुरेल अधिवक्ताहरु प्रेमप्रसाद धिताल ,हरिप्रसाद मैनालीले गरेका थिए । कार्यक्रममा कार्यपालिका सदस्य वडा सदस्य अध्यक्ष कर्मचारी लगाएतको सहभागिता रहेको थियो ।