प्रदेश ५को राजधानी सबैको पायक हुने स्थानमा हुने (नेकपा) अध्यक्ष प्रचण्ड

6

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिकास र स्थायित्वका लागि नेपका कम्युनिष्ट पार्टी नेकपालाई बिजयी गराउन आग्रह गरेका छन ।

कोहलपुर नगरपालीका वडा नं. ६ मा मंसिर १४ गते हुने वडा अध्यक्षको उप-निर्वाचनको लागि आयोजित चुनावी सभा तथा चियापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेकपा बिना बिकास र स्थायित्व सम्भव नभएको बताए ।  प्रचण्डले केन्द्र देखि वडासम्म नेकपाका सरकार निर्माण भएमात्रै समृद्ध नेपाल निर्माण सम्भव भएको धारणा राखे । उनले हिल्सा देखि जमुनाहा दु्रत मार्ग निर्माण, नेपालगंंज बिमान स्थल निर्माण, नौवस्तामा औधोगिक ग्राम लागायत ठुला बिकास र निर्माणका आयोजनाहरु नेकपाको नेतृत्वमा सुरु हुन लागेको जानकारी दिए । प्रदेश नं ५ को राजधानी सबै लाई पायक पर्ने ठाउमा तोकिने बताउदै अध्यक्ष प्रचण्डले बाँके र बर्दियालाई पायक नपरे यहाँका जनताले रोजेको बिकल्पलाई आफ्नो पाटीले सर्मथन गर्ने बताए । कोहलपुरको बिकासका लागि आफुले सक्दो पहल गर्ने बताउदै कोहलपुर नगरपालिका वडा नं ६ मा रामशरण थारुले अगाडि बढाएको योजनालाई आफुले पुर्णता दिन सघाउने बताए । प्रचण्डले रामशरण बिजयी भए कोहलपुर ६ ले मुहार फेर्ने घोषणा समेत गरे । सो कार्यक्रममा नेकाप कोहलपुर ६ को प्रतिबद्धता पत्र सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डले रामशरणको प्रतिबद्धता नेकपा कम्युनिष्टा पार्टीको केन्द्रले पुर्णता दिने घोषणा गरे । वडाध्यक्षका उम्मेद्वार थारुले कोहलपुर ६ को बिकासको खाका प्रस्तुत गरेका थिए । उनले हालसम्म कम्युनिष्ट पार्टीले सो वडामा बिजय प्राप्त नगरेकाले बिकास र पहुँचका हिसावले वडा पछाडि परेको भन्दै अब बिकासले गति लिने दाबि गरे । कार्यक्रममा नेपाली काँग्रेस लगायत बिभिन्न पाटी परित्याग गरि १ सय बढि नेकपा नेता कार्यकर्ता नेकपामा प्रवेस गरेका थिए । कार्यक्रममा नेकपा प्रदेश ५ का अध्यक्ष ओनसरी घर्ति, सचिव जग प्रसाद शर्मा, प्रदेश कमिटिका सदस्य लगायत नेता कार्यक्रर्ताको सहभागिता रहेको थियो ।