अस्टिनमा छठ धुमधाम साथ मनाइयो (फोटो फिचर सहित)

19

अस्टिन – टेक्सासको अस्टिनमा छठ् पर्व धुमधाम साथ मनाइएको छ ! चारदिन देखी सुरूभएको छठ पर्व पहिलो दिन नहाईखाई, दोस्रो दिन खरना, तेस्रो दिन शनिवार सॉझ सूर्य अस्ताउने बेला अर्घ दिई र आइतवार विहान उदाऊदो सूर्य लाई अर्घ दिई धुमधाम साथ छठ् मनाइएको हो ।

प्रसाद ग्रहण समयमा आयोजक कौसल यादव र राम कुमार महतोले छठ पर्वको महत्व बारे जानकारी गराउनु भएको थियो ! व्रतालुहरूले खरनाको दिन २४ घण्टा उपवास लिइ सॉझ खिर छठीमाता र घरदेवतालाई सगुन दिई पुजा गरेर खिर खाई ३६ घण्टा निर्जला उपवासमा समर्पित भएर चौथौ दिन बिहान उदाउदो सूर्यलाई माटो, जल र सूर्यको परभावले उब्जिएका अन्न बाट बनेका परिकार र आफनै खेतबारीमा उब्जिएका फलफुल, तरकारी सबै थोक लिई धन्यवाद स्वरूप जिऊदो देवता भगवान सूर्य लाई अर्घ दिई व्रतालुहरू कॉचो दुध र प्रसाद ग्रहण गरी छठ पर्व समापन गरिएको आयोजक राम कुमार महतोले जानकारी दिनुभयो !

संस्कृतीक, समाजीक,ऐतिहासिक एवं वैज्ञानिक पक्षबाट सबल रहेको यो पर्व मा सबै जात जातीका सम्पूर्ण समुदाय संगै कुनै मठ- मन्दिर मा नगई कुनै मन्त्र वा पण्डित नलिई नदि, तलाउ वा पोखरीमा गई सूर्य भगवानको पुजा गरिन्छ ।अस्टिनमा हरेक बर्ष छठ् धुमधाम साथ मनाउदै आएकोमा यस बर्ष पनि निरन्तरता दीइएको हो !