राष्ट्रपतिले नियुक्त गरिन् प्रदेश प्रमुख

5

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरेकी हुन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सातै प्रदेशका नयाँ प्रदेश प्रमुखलाई नियुक्ति गर्न सिफारिस गरेको थियो।

प्रदेश नम्बर १ मा सोमनाथ अधिकारी प्यासी, प्रदेश नम्बर २ मा तिलक परियार, प्रदेश नम्बर ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश नम्बर ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिला त्रिपाठीलाई उनले नियुक्त गरेकी हुन्।