अष्टिनमा नेपालीको पहिलो फार्मेसी संचालन

29

अष्टिन – टेक्सासको राजधानी अष्टिनमा पहिलो पटक नेपालीको लगानीमा फार्मेसी औषधी पसल संचालनमा आएको छ । नेपालको दाङ हलुवार घर भई सन २००५ मा अध्ययनका शिलशिलामा अमेरिका आएका फर्मासिष्ट डा. शुधिर रजौरे उहांकी धर्मपत्नी नर्स प्रयाक्टीस्नर भावना बिष्ट र साला फर्मासिष्ट सोभित बिष्टको लगानीमा सिडर पार्कमा अउरो (AURO)फार्मेसी संचालनमा आएको हो ।

अष्टिनमा नेपालीहरुको बसोवास समेत बाक्लिदै गएको अवस्थालाई मध्यनजर गर्दै अन्य फार्मेसीमा पाइने सम्पुर्ण स ुबिधा सहित परासर्म र निशुल्क होम डेलिभरीको सेवा समेत दिने गरि फर्मेसी संचालनमा ल्याएको संचालक शुधिर रजौरेले बताउनुभयो । अष्टिनमा यस अघि नेपालीका अन्य व्यवसाय संचालनमा आएपनि फार्मेसी पहिलो पहिलो पटक संचालनमा आएको हो ।

यही अक्टोबर २७ तारिखदेखी औपचारीक रुपमा शुरु हुन लागेको फार्मेसीमा भ्याक्सिन संगै औषधी सम्बन्धी बिशेषज्ञ सेवा समेत उपलब्ध हुने संचालक रजौरेको भनाई छ । बिशेषगरी अष्टिन र यस आसपासका नेपालीहरुले भाषा मिल्ने भएकोले औषधी सम्बन्धि परामर्स सहित सेवा पाउने हुंदा आफ्नो डाक्टर वा हस्पिटललाई अउरो फार्मेसीबाट औषधी लिन्छु भन्ने अनुरोध गरेमा आफुहरुले सेवा गर्ने मौका पाउने संचालक फर्मासिष्ट डा. रजौरेको भनाई छ ।

यो फार्मेसी 1139 W Braker Lane Suite 102 Austin, TX 78758 मा रहेको छ भने फोन नम्बर (512) 206-3150 हो । नेपालीहरुलाई सक्दो छुट सहितको सेवा प्रदान गर्ने भएकोले अउरो फर्मेसीबाट सेवा लिन सबैमा अनुरोध गरिएको छ ।

अष्टिनमा नेपाली र नेपाली भाषीहरुको संख्यामा बृद्धि हुंदै जांदा नेपालीहरुका व्यवसाय समेत बढ्दै गएका छन् । अष्टिनमा यसअघि नेपालीहरुका ग्रोसरी स्टोर रेष्टुरेन्ट ब्युटिपार्लर लगायतका व्यवसाय संचालनमा आएका भएपनि फार्मेसी भने पहिलो हो ।