डालसमा नेपाली डाक्टरहरुको मेडिकल सेवा शुरु, अष्टिनमा नेपालीको पहिलो फार्मेसी

46

अष्टिन – नेपालीहरुले बिभिन्न खालका ब्यवसायमा सफलता प्राप्त गरेको र संख्या पनि धेरै रहेको मध्ये पर्ने ड्यालास शहरमा अब नेपाली डाक्टरहरुले सम्पुर्ण स्वास्थ्य जांच गर्ने सुबिधा भएको मेडिकल सन्चालन गरेका छन् ।

नेपालीहरुको धेरै बसोबास रहेको ड्यालासको अर्भिगं शहरमा यसै हप्ताबाट मेडिकल सेवा शुरु भएको हो । यस क्षेत्रमा नेपाली डाक्टरहरु धेरै भए पनि पुर्ण सेवा प्राप्त हुने नेपालीहरुले सन्चालन गरेको क्लीनीक पहिलो पटक शुरु भएको छ ।

अमेरिकाको बिभिन्न अस्पतालमा बिगत दुई दशक देखी काम गर्दै आएका नेपाली डाक्टरहरुको समुहले टेक्सास प्राईमेरी केयर स्पेसलिस्ट नामक मेडिकल क्लीनक ७४२९ लस कोलिनस बुलुभड अर्भिंगंमा सन्चालनमा ल्याएका छन् । नेपालको नेपालगन्ज मेडिकल कलेजबाट एमबिबीएस अनि शिकागोको प्रेसेन्स सेन्ट जोसेफ हस्पीटल शिकागो हुदंै युनिभर्सीटी अफ नेभडामा असिटेन्स प्रोफेशरको समेत अनुभव संगालेका बिश्वास उपाध्याय प्राईमेरी केयर फिजिसियन रहेका छन् भने बच्चा देखी बृद्धसम्मका प्राय सबै रोगका बिशेषज्ञ डाक्टर यस क्लीनकमा रहने जनाइएको छ ।

डाक्टर उपाध्यायका अनुसार नेपालीहरुको ठुलो बस्ती रहेको ड्यालासमा नेपाली भाषामै बोलेर सबै खालका मेडिकल सेवा दिने क्लीनकको धेरैले आवश्यकता औल्याएकद्दोले आफुहरु यंहा आएको बताएका छन् । डाक्टर मन्दीप आर्चाय, डाक्टर बिश्वास उपाध्याय, डाक्टर अमित बजाज, डाक्टर प्रियंका अग्रवाल र एफएनपी दिपा बराल लागयातको टिमले चेकजांच गर्ने क्लीनीकमा नेपालीभाषीका लागि बिषेश सहुलियत प्याकेज राखीएको बताएका छन् ।

ईन्सोरेन्स नहुने नेपालीका लागि एक बर्ष सम्मको जम्मा १५० डलरको मेम्मबरसीपमा पुरै शरिर चेक गर्नुका साथै ल्याब जांच पनि ब्यवस्था राखिएको छ । साथै अन्य उपचारको जाचंका प्याकेजमा साथै एक पटक मात्र चेक गर्नेका लागि पनि अरुलाई भन्दा नेपालीभाषीलाई धेरै सहुलियत रहेको डाक्टर उपाध्यायले बताएका छन् ।

आफुहरु सबैभन्दा पहिला नेपालीहरुलाई नै सहजरुपमा सेवा दिने उदेश्य लिएको उनिहरुले बताएका छन् । सोमबारदेखि शुक्रबारसम्म बिहान ८ बजेदेखि सांझ ५ बजेसम्म खुल्ने मेडिकलमा सेवा लिनको लागि फोन नम्बर ९७२६४३८७२७ मा फोन गरेर अपोईन्मेन्ट बनाउन सकिने छ ।

अष्टिनमा नेपालीको पहिलो फार्मेसी
टेक्सासको राजधानी अष्टिनमा पहिलो पटक नेपालीको लगानीमा फार्मेसी औषधी पसल संचालनमा आएको छ । नेपालको दाङ हलुवार घर भई सन २००५ मा अध्ययनका शिलशिलामा अमेरिका आएका फर्मासिष्ट डा. शुधिर रजौरे उहांकी धर्मपत्नी नर्स प्रयाक्टीस्नर भावना बिष्ट र साला फर्मासिष्ट सोभित बिष्टको लगानीमा सिडर पार्कमा अउरो (AURO)फार्मेसी संचालनमा आएको हो ।

अष्टिनमा नेपालीहरुको बसोवास समेत बाक्लिदै गएको अवस्थालाई मध्यनजर गर्दै अन्य फार्मेसीमा पाइने सम्पुर्ण स ुबिधा सहित परासर्म र निशुल्क होम डेलिभरीको सेवा समेत दिने गरि फर्मेसी संचालनमा ल्याएको संचालक शुधिर रजौरेले बताउनुभयो । अष्टिनमा यस अघि नेपालीका अन्य व्यवसाय संचालनमा आएपनि फार्मेसी पहिलो पहिलो पटक संचालनमा आएको हो ।

यही अक्टोबर २७ तारिखदेखी औपचारीक रुपमा शुरु हुन लागेको फार्मेसीमा भ्याक्सिन संगै औषधी सम्बन्धी बिशेषज्ञ सेवा समेत उपलब्ध हुने संचालक रजौरेको भनाई छ । बिशेषगरी अष्टिन र यस आसपासका नेपालीहरुले भाषा मिल्ने भएकोले औषधी सम्बन्धि परामर्स सहित सेवा पाउने हुंदा आफ्नो डाक्टर वा हस्पिटललाई अउरो फार्मेसीबाट औषधी लिन्छु भन्ने अनुरोध गरेमा आफुहरुले सेवा गर्ने मौका पाउने संचालक फर्मासिष्ट डा. रजौरेको भनाई छ ।

यो फार्मेसी 1139 W Braker Lane Suite 102 Austin, TX 78758 मा रहेको छ भने फोन नम्बर (512) 206-3150 हो । नेपालीहरुलाई सक्दो छुट सहितको सेवा प्रदान गर्ने भएकोले अउरो फर्मेसीबाट सेवा लिन सबैमा अनुरोध गरिएको छ ।

अष्टिनमा नेपाली र नेपाली भाषीहरुको संख्यामा बृद्धि हुंदै जांदा नेपालीहरुका व्यवसाय समेत बढ्दै गएका छन् । अष्टिनमा यसअघि नेपालीहरुका ग्रोसरी स्टोर रेष्टुरेन्ट ब्युटिपार्लर लगायतका व्यवसाय संचालनमा आएका भएपनि फार्मेसी भने पहिलो हो ।