सहज परियोजनाको एक दिने  अभिमुखीकरण सम्पन

7

समग्र लैङ्घिक उत्तरदायी र जवाफदेही न्यायमा पहुच सुढृढिकरण सहज परियोजना अन्तर्गत घटना स्थल सुरक्षा प्रमाण सुरक्षा र साक्षी सुरक्षा सम्बन्धि एक दिने  अभिमुखीकरण सम्पन गरिएको छ ।

बाँकेको बैजनाथ गाउँपालिकामा संचालन गरिएको उक्त अभिमुखीकरण कार्यक्रममा बोल्दै  प्रमुख अथिति गाउँपालिका उपाध्यक्ष सारदा रेग्मी विकले स्थानीय सरकार  जनताप्रति र सबैधानिक निकायहरु पूर्ण  जवाफदेही रहेको बताइन् ।

  विकले स्थानीय सरकारलाई प्रत्याभूत गरिएका अधिकारमा रही न्याय सम्पादन गरिएको जानकारी गराईन् । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक हस्त बहादुर सुनारले प्रहरीले गर्ने अनुसन्धान विधि सुरक्षा रणनीति सम्भावित चुनौतिका बारेमा सहजीरकण गरेका थिए ।

अभिमुखीकरणको आयोजना मधेस मानव अधिकार गृह सहज परियोजना कपीलबस्तु तौलिहाले गरेको थियो । भने कार्यक्रमका अध्यक्ष बैजनाथ गाउँपालिका वडा ५ का अध्यक्ष मन बहादुर खत्रीले अपराधि गतिविधि न्यूनिकरण गर्नाको लागि नेपालको सविधानले गरेको व्यवस्थालाई कायान्वयमा ल्याउन र आम नागरिकहरुमा कानून र न्यायक क्षेत्रका बारेमा सचेत गराउन आवश्य रहेको बताए । न्यायिक सम्बन्धि कुनै पनि विषयमा असज भए नेपालको संविधान र अपराध सम्बन्धि गरिएका व्यवस्थालाई स्थानीय जनप्रतिनिधिहरुले अध्ययन गर्न आवश्यक रहेको बताएका थिए ।अभिमुखीकरणमा कार्यपालिका सदस्य वडा अध्यक्ष स्थानीय बाल क्लब विभिन्न राजनितिक दलका प्रतिनिधि संघ सस्था लगाएतको सहभागिता रहेको थियो ।