एनआरएनए अध्यक्षमा कुमार पन्त बिजयी

21

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्र्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) अध्यक्षमा कुमार पन्त बिजयी भएका छन् ।

पन्तले कुल १ हजार १८१ मत पाएका छन । उनले प्रतिस्पर्धी आचार्यलाई १११ मतान्तरले पराजित गरे । निर्वाचनमा २ हजार ३४१ मत खसेको थियो ।

यसैगरी पाँच उपाध्यक्षमा डा. बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, सोनाम लामा, मन केसी र महिला उपाध्यक्षमा रविना थापा निर्वाचित भएका छन।  महासचिवमा पनि पन्त प्यानलकै डा हेमराज शर्मा विजयी भए ।

यस्तै सचिवमा गौरी जोशी र आरके शर्मा विजयी भएका छन भने कोषाध्यक्षमा महेश श्रेष्ठ र सहकोषाध्यक्षमा लोक दाहाल निर्वाचित भएका छन !

यता अमेरिकाज क्षेत्रको संयोजकमा राजन त्रिपाठी बिजयी भएका छन् भने उपसंयोजकमा रामसी पोखरेल बिजयी भएका छन् । अमेरिकाज क्षेत्रको महिला संयोजमा उमा कार्की थापा बिजयी भएकी छिन् ।