उत्पादनमुखी खेलकुदले देशको उच्च सम्मान हुने अध्यक्ष रुचाल

16

स्वास्थ्यको लागी खेलकुद राष्ट्रका लागि खेलकुल भन्ने नाराका साथ आठौँ मैन्त्रीपूर्ण खुल्ला फुटबल प्रतियोगिता उद्घाटन गरिएको छ ।

बाँकेको बैजनाथ गाउँपाकिला वडा ६ न्यू जर्नी युथ क्लबको आयोजनामा संजालन खेलको बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल उपाध्यक्ष सारदा रेग्मी विकले खेल रेफ्रीलाई फुटबल हस्तान्तरण गरी मैन्त्रीपूर्ण खुल्ला फुटबल प्रतियोगिता उद्घाटन गरेका हुन ।

प्रमुख अथिति मान बहादुर रुचालले उत्पादनमुखी गतिविधिमा बैजनाथ गाउँपालिकाको सहयोग र सक्रियता निरन्तर हुने बताए ।

रुचालले बालबालिका मात्र नभएर ,युवा बृद्ध हरुमा खेल प्रति चासो उल्लेखिनीय रहेको छ यही चासोलाई निरन्तर दिन बैजनाथ गाउँपालिकाले पालिका स्तरीय खेलकुद  विकासमा विशेष चासो दिइरहेको बताए ।

 खेल मैदान स्तर उन्नती सगै खेलकुद आयोजना गरिरहेको बताए ।

खेलकुलको विकास सगै पर्यावरण पनि महत्व रहेको बताउदै पालिकाले हाल पार्क, खेल मैदान ,भ्यू टावर लगाएतका क्षेत्रमा लगानी गरीरहेको  रुचालले औल्याए ।

अब पालिका स्तरमा  सबै वडाका क्लबहरुको सूचिकृत गरी विभिन्न उमेर समूहका खेलकुद क्लबका माध्यम द्धारा  आयोजना गर्ने रुचालले  दावि गरे ।

क्लबको आर्थिक सवलका लागि खोला बाट हुने चोरी तस्करी नियन्त्रणमा युवाहरु सक्रियता हुनु पर्ने बताए ।

  क्लबका  युवाहरु द्धारा खोला बाट चोरी निकासी  हुने बालुवा गिटीमा नियन्त्रण भए  गाउँपालिकाले विशेष सहयोग गर्ने रुचालले भने ।

उन्ले  पर्यटकहरुको आगमनलाई मध्यनजर गर्दै उत्पादन र रमणीय क्षेत्रहरुको संरक्षण र प्रर्वद्धनमा सबै युवाहरुको साथ अनिर्वाय रहेको बताए ।

बैजनाथको विकासका लागि मान स्वरोवर पार्क कर्वड हल निर्माण  शुरु गरेको बताए ।   सभ्य रुपमा खेल संचालन गर्न आयोजकलाई विशिष्ट अथिति गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले आग्रह गरिन् ।

विकले खेलकुदको विकासले लागु औषध सेवनकर्ता मध्यपान लगाएत बाट सहजै उन्मूति पाउन सकिने बताईन्  विभिन्न चरणमा क्लबले खेलकुद आयोजनालाई निरन्तर दिनु पर्ने  उपाध्यक्ष शारदा रेग्मी विकले बताईन् ।

कार्यक्रमम वडा अध्यक्ष रुप बहादुर मल्लले खेलको विकास हाम्रो पनि चाहना हो त्यसैले खेल आयोजना मात्र होइन सम्भ र भब्य रुपमा संचालन गर्नु महत्व रहेको बताउद्रै समूह दर्ता शुल्क न्यून गरी आगामी दिनमा थप समूहहरुलाई पनि सहभागिता क्लबले गराउने आफ्नो विश्वास रहेको बताए ।

कार्यक्रममा शुभकामना दिदै सहकारी अभियान्ता देव बहादुर के.सीले शारिरीक स्वाथ्थ रहनु नै आजको आवश्यता रहेको बताए ।

केसीले युवा पुस्ताहरुमा उत्साह र देशका लागि केही गर्छु भन्ने आत्म विश्वास रहे देश विकास हुने औल्याए कार्यक्रमम सामुदायि वन उपभोक्ता महासंकका केन्द्रिय सदस्य नन्द विकले बैजनाथको रुपान्तरमय विकासमा युवाहरुको खेल प्रतिको सक्रियताले पुष्टि गरेको बताए ।

विकले युवाहरुले स्थानीय सरकार सँग समन्वयमा विभिन्न लाभ हुने र बैजनाथको विकास पनि हुने गतिविधि संचालन गर्न सक्ने कोसेली बैजनाथ गाउँपालिका रहेको बताए यसै गरी नेपाली काग्रेसका गगन खत्रीले खेलको विकासमा युवाको सक्रियाले आफुलाई हर्षित बनाएको बताए खत्रीले यस्लाई निरन्तर दिनु पर्ने धारण राखे । यसै गरी नेकपा नेता चन्द्र चौधरीले आफ्नो पार्टीको लक्ष्य नै युवाहरुलाई देशप्रतिको जिम्मेवार र रुपान्तरणमय विकासमा साझेदारी गर्ने उदेश्यका साथ नेकपाको सरकारले विभिन्न गतिविधिमय क्रियाकलाप संचालन गरिरहेको बताए । बैजनाथ गाउँपालिका सरकारले पनि युवाहरुका लागि विभिन्न उद्यमशिल्ता खेलकुल होम स्टे लगाएतमा प्रोत्साहनका गतिविधि संचालन गरेको आफुने पाएको बताए । खेलको विकासका लागि नेकपा पार्टी सधै युवाहरुको साथमा रहेको बताए । न्यू जर्नी युवा क्लबका अध्यक्ष भूपाल पुन मगरको सभापतित्वमा खेलको उत्घाटन समारोहको आयोजना गरीएको थियो ।

उत्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पुनले अग्रजहरुको सर सल्लाहमा नै क्लबका गतिविधिहरु संचालन भइरहेको र आगामी दिनहरुमा समेत अग्रजहरुको सर सल्लाहमा नै विभिन्न गतिविधि संचालन गरिने बताउदै उत्घाटन समारोहको समापनि गरेका थिए ।

आज भएको खेलमा वडा न ६ विजयी भएको छ ।

वडा न ५ लाई ० का विरुद्ध ३ गोल गरी वडा न ६ विजयी भएको हो । ३५ वर्ष भन्दा माथि रहेको यि दुवै समूहमा कडा प्रतिस्पधा रहे पनि अन्तत वडा न ६ले सहज रुपमा विजयी हासील गरेको हो । न्यू जर्नी युवा क्लबका सचिव सुमन विकका अनुसा हाल खेल अवधि भर ८ वटा(टिम ) समुह ३५ वर्ष भन्दा माथिका रहेका छन् । ३५ वर्ष उमेर समुह यसरी प्रतिस्पधामा उत्रिनु खेल प्रतिको महो कति छ भन्ने कुरा पृष्ठि हुन्छ विकले भने । प्रतियोगितामा १९ वटा (टिक )समुहहरुले प्रतिस्पधा गर्ने छन् ।

खेल नक आउट विधिद्धारा खेलाईने छ भने खेलमा प्रतिस्पर्धा र्न बाँके बर्दिया लगाएत जिल्ला बाट क्लब समूह दर्ता भएका छन् । खेलको प्रथम पुरुषकार १ लाख १ हजार र दोस्रो पुरुषकार ६५ हजार पाँच सय प्रदान गरिने न्यू जर्नी युवा क्लबका सचिव सुमन विकले बताए । खेल संचालनका लागि ५१ हजार बैजनाथ गाउँपालिकाले सहयोग गरेको छ । उत्घाटन खेलमा नृत्य र गायन प्रस्तुत गरिएको थियो । स्थानीय युवाहरुको प्रस्तुतिमा सहभागिहरु रमाएका थिए ।

कार्यक्रममा स्थानीय युवाहरुको नृत्य बाट प्रभावित भई वडा अध्यक्ष रुप बहादुर मल्ल लगाएत स्थानीय अभिभावकहरुले नगद तिन हजार ६ सयको सहयोग प्रदान गरेका थिए ।