सामुहिक बलात्कारको आरोपमा , ७ युवा पक्राउ

4

सुर्खेत ।

सुर्खेतको – वीरेन्द्रनगरमा एक १३ वर्षीया बालिकालाई ७ जनाले सामुहिक रुपमा पटक–पटक बलात्कार गरेको आरोप लागेको छ ।

सुर्खेत प्रहरीका अनुसार असोज १५ र १६ र २३ गते उनीहरुले बालिकालाई बलात्कार गरेका हुन् ।

एक पटक ४ जनाले र एक पटक २ जना गरी बालिकालाई बारम्बार करणी गरिएको जाहेरी जिल्ला प्रहरी कार्यालयमा परेको छ ।

बालिकाले जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले ७ जनालाई नियन्त्रणमा लिई अदालतबाट म्याद थप गरिसकेको छ भने अन्य केही फरार अभियुक्तको खोज तीव्र पारेको जिप्रका सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।

बलात्कार आरोपमा पक्राउ परी अनुसन्धानका लागि हिरासतमा रहेकाहरू अधिकांश २० वर्ष मुनिका रहेका छन् ।विरेन्द्रनगर नगरपालिका ३ बस्ने २३ वर्षका लालबहादुर रावत, १९ वर्षका महेश हमाल, १९ वर्षका तर्क रिजाल, १८ वर्षका सदिप खड्का, वडा नम्बर ४ का २३ वर्षका धनबहादुर खत्री, बराहताल गाउँपालिका २ का २३ वर्षीया रोशन वली र २१ वर्षकै नरेश बुढा रहेका छन् ।