धानमा किराको रजाई

5

बाँकेमा धान पाकेर भित्र्याउने समयमा फौजी किराको प्रकोप देखीएको छ । जिल्लाका विभिन्न स्थानमा लगाईएको धानबालीमा एक्कैपटक फौजी किराले आक्रमण गरेपछि किसानहरु चिन्तित बनेका छन ।  खासगरी रातीको समयमा सक्रिय हुने फौजी किराले लार्भा अवस्थामा बढी क्षति पु¥याउने गरेको छ ।

दिन भरी धानको गाँजमा लुक्ने र रात परेपछि धानको डाँड, पात र टुप्पा काटेर नोक्सान गर्ने गरेको छ । पाक्ने तयारीमा रहेको धान नोक्सान गरेपछि यतीबेला बाँकेका किसानहरु भने चिन्तित बनेका छन । किरा नियन्त्रणका लागि कृषि ज्ञान केन्द्रले औषधि वितरण गरेपनि किरा नियन्त्रण हुन नसकेको कालाबन्जरका कृषक रतीराम कुम्हारले बताए । उनले आफ्नो २ विगाह जग्गामा लगाएको राधा–४ धान फौजी किराले काटेर नोक्सान पु¥याएको बताए ।
कृषकले लगाएको बालिमा फौजि किराले आक्रमण गर्दा किसानहरु चिन्तित बनेका छन । २० कठ्ठामा लागाएको खेतिमा करिब १० प्रतिशत मात्र राम्रो धान रहेको कृषक पवन मौर्यले बताए । उनले भने आफुहरुको रोजिरोटी भनेकै खेति भएको हुदा बालबच्च कसरी पाल्ने भन्ने समस्या रहेको उनले भने ।
ज्ञान केन्द्र बाँकेका कृषि अधिकृत ओमप्रकाश शर्माले आफुहरुले सम्वन्धीत मन्त्रालयमा जानकारी गराएको बताउँदै बालिसंरक्षण प्रयोगशाला खजुराले पनी केही विषादी पठाई सकेको बताए । उनले यो समस्या विगत ६÷७ बर्ष देखी रहँदै आएको भन्दै सरकारले किरा नियन्त्रणका लागि गम्भिर रुपमा लिएर अनुसन्धान गर्नुपर्ने बताए ।