नायक नवल खड्का र गायिका सत्यकला राईलाई अमेरीकामा सम्मान

1049

डालस (टेक्सास)- अमेरिकामा राष्ट्रबादि नायक/निर्माता नवल खड्का र लोकप्रिय गायिका सत्यकला राईलाई सम्मान गरिएको छ ।

शनिबार टेक्सासको डालसमा आयोजित एक कार्यक्रमका बीच एभरेष्ट ईन्टरटेन्मेनका अध्यक्ष मनाेज राईले टाेपि र खादा लगाई नायक खड्का र गायिका राईलाई सम्मान गर्नुभएको हो ।

सम्मान गरिएपछि कार्यक्रमलाई सम्बोघन गर्दै नायक खड्काले सम्मानले थप जिम्मेवारी बाेधका साथै उर्जा प्राप्त भएकाे प्रतिक्रिया दिए । नेपालमा, नेपाली चलचित्र लाई माया गर्ने र नेपाली चलचित्रलाई माया नगर्नेका बिचमा द्वन्द्व रहेकाे बताउंदै नायक खड्काले अब चाँडो बक्स अफिस र राष्ट्रिय चलचित्र नीति कार्यन्यवन हुने विस्वास ब्यक्त गरे।

भारतीय अतिक्रमण र ज्यादतिलाई रोक्न सीमा क्षेत्रमा काँडेतार लगाउनु पर्ने भन्दै नायक खड्काले दवावको लागि अमेरिका रहेका नेपालीहरुसँग अाग्रह गरे ।

खड्काले ‘दशगजा’ चलचित्र निर्माण भारतले सीमामा गरेको हस्तक्षेपलाई उजागार गरेका थिए । त्यस्तै उनले राष्ट्रवादी क्रान्तिकारी योद्ध भीमदत्त पन्तको जीवन-संघर्षलाई समेटेर चलचित्र ‘भीमदत्त’ समेत निर्माण गरिसकेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नायक खड्काले सम्मानले काँडेतार लगाउने अभियानमा थप प्रेरणा मिलेको बताए । ‘भारतको अतिक्रमण र ज्यादती रोक्न सीमामा काँडेतार लगाउन जरुरी छ, त्यसका लागि  सम्पूर्ण  देशभक्त नेपालीहरुले सरकारलाई  कुटनैतिक पहलका लागि दबाब दिन सहयोग पुर्‍याउनुपर्छ’ नायक खड्काले भने ।

उनले अायोजक संस्थाका अध्यक्ष राईले विदेशी भूमीमा बसेर नेपाली चलचित्र र साँस्कृतिक क्षेत्रमा पुर्‍याएको योगदान प्रशंसा पनि गरे ।

एभरेष्ट ईन्टरटेन्मेनका अध्यक्ष मनाेज राईले सबैबाट साथ र सहयोगकाे अपेक्षा रहेको भन्दै सबैलाई धन्यवाद दिएका थिए ।