राष्ट्रिय बाल दिवसको अवसरमा अन्तरक्रिया

23

राष्ट्रिय बाल दिवसको अवसरमा बैजनाथ गाउँपालिकाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
अन्तरक्रियामा बोल्दै प्रमुख अथिति बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले बालबालिकाहरु विद्यालयबाट बन्चित नहुने प्रतिवद्धता गरे ।

रुचालले बालबालिकाहरुको अधिकार सुनिश्चित गर्नाका निम्ति नीतिगत रुपमा बजेटको व्यवस्था गरेको उल्लेख गरे । बाललिका कुपोषण बाट बचाउनाका लागि आवश्यक बजेट विनियोजन गरेको रुचालले बताए । खेल मैदान निमार्ण तथा खेलकुद गतिविधि संगै बालबालिकाहरुका लागि निशुल्क शिक्षा प्रदान गर्नाका लागि निशुल्क शिक्षा नीति कार्यान्वयमा ल्याएको बताए । अन्तरक्रियामा बोल्दै बैजनाथ १ चिसापानी सुर्यदय माविमा अध्ययन गर्ने छात्राहरुले बाल विवाह तथा लागु पदार्थ सेवनकर्ता बढेका कारण यस्का लागि रोगथाम गर्नु पर्ने धारण राखेका थिए । यसै गरी बालबालिकाहरुको विकास तथा गुणस्तरीय शिक्षा र बाल मैन्त्री पालिका बनाउन पर्ने माग राखेका थिए । अन्तरक्रिया कार्यक्रमको अध्यक्ष शारादा रेग्मी विकले बालबालिकाहरुको क्षेत्रमा पालिकाको स्पष्ट नीति अनुसार कार्यक्रमहरु संचालन गरिएको बताईन् । विकले अझै पनि बालबालिकाहरुका अधिकार कुठित भएका छनकी भन्ने चिन्ता छ र त्यो चिन्ता एक दिन समाप्त हुने छ । र समृद्धि सबैको अधिकार सुनिश्चित भएपश्चात हुने छ भन्ने हामीलाई ज्ञात छ त्यो तपाई हामी सबैले न्यूनिकरण गर्दै जानु पर्छ विकले भनिन् । कार्यक्रममा वडा अध्यक्ष कार्यपालिका सदस्य संस्थागत तथा सामुदायिक विद्यालयका छात्रा छात्रहरुको सहभागिता रहेको थियो ।