अध्यक्ष रुचालद्धारा विद्यालयहरुमा छड्के

12

बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल ठकुरीले विद्यालयहरुको छड्के अनुगमन गरेका छन् ।
गाउँपालिकाबाट आधारभूत तह सम्म सबै शूल्क निशुल्क गर्ने बाकेको पहिलो गाउँपालिका रुपमा स्थापित बैजनाथ गाउँपालिका अध्यक्षको टोलिले विद्यालयहरुको भौतिक अवस्था , शिक्षक दरबन्दी विद्यार्थी संख्या , बालमैन्त्री भवन लगाएत विषयको अध्ययन गरेको बैजनाथ गाउँपालिका प्रवक्ता गुमान बहादुर दमाईले जानकारी गराए ।
भर्ना अभियानका बेला विद्यार्थीहरुको संख्या एक हुने तर विचमा विद्यार्थी संख्या फरक हुने विषय आफुले महत्वका साथ लिएको अध्यक्ष मान बहादुर रुचालले भने । हामीले विद्यार्थीको अनुपातमा समते राहत उपलब्ध गराउने गरेका छौ । हामी संग फरक फरक तथ्याङ्ग आउदा हामी चिन्तित छौ । र यसको विकल्प के हुन सक्छ त्यो हामी गर्छौ र शिक्षा सबैको पहुच मा लैजान्छौ रुचालले भने । उक्त छड्के अनुगमनमा शिक्षा शाखा संयोजक ,विद्यालय निरिक्षक विश्वनाथ ढकाल लगाएतले अनुगमन गरेका थिए ।बैजनाथ गाउँपालिकामा सामादायिक तथा नीजि गरी कूल ३७ को संख्यामा विद्यालयहरु रहेका छन् ।  अनुगमनमा चिसापानी सूर्यदय मावि ,दहित आधारभूत, जनजागरण आधारभूत लगाएत विद्यालयहरुको छड्के गरिएको प्रवक्ता दमाइले जानकारी गराए ।