अष्टिनमा खुल्ला भलिवल प्रतियोगिता हुने, प्रथम पुरस्कार २ हजार डलर

117

अष्टिन (टेक्सास)- अष्टिनमा खुल्ला पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । आउंदो सेप्टेम्बर १ तारिख आइतवार अष्टिन भलिवल टिमको आयोजनामा हुन लागेको प्रतियोगिताको बिजेता टिमले २ हजार डलर नगद सहित मेडल र प्रमानपत्र हात पार्नेछ ।

उपबिजेताले १२ सय डलर नगद सहित मेडल र प्रमानपत्र प्राप्त गर्ने आयोजक रेशम गुरुङले जानकारी दिनुभयो । १ तारिख आइतवार बिहान साढे ७ बजेपछि खेल शुरु हुने र प्रतियोगितामा भाग लिन इच्छुक टिमले यही २५ तारिख सम्म आफ्नो टिम दर्ता गर्न सकिने बताइएको छ ।

३५० डलर दर्ता शुल्क तोकिएको तथा एउटा टिमले १० जना सम्म खेलाडी राख्न सकिने आयोजक गुरुङले बताउनु भयो। प्रतियोगिता बारे थप जानकारीका लागी रेशम गुरुङ (२८१६१०२२२०), बिक्रम थापा (७१४८५१७३१७), होम बुढा मगर (५१२८५०२०२५) र नारायण सुबेदी (५१२९५५१९२६) लाई सम्पर्क गर्न सकिनेछ ।