अष्टिनमा तिज बिशेष कार्यक्रम गरिंदै, गायिका सत्यकला राई सहभागी हुने

197

अष्टिन (टेक्सास)– ग्रेटर अष्टिन नेपाली सोसाइटी (ग्यान्स) ले नेपाली नारिहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर तिज बिशेष कार्यक्रम गर्ने भएको छ ।

तिजको अवसर पारेर ग्यान्सले हरेक बर्ष तिज बिशेष कार्यक्रम गर्दै आएकोमा यस बर्ष पनि निरन्तरता दिन लागेको हो । यो बर्षको तिज बिशेष कार्यक्रम यही अगष्ट ३० तारिख शुक्रबार आयोजना गर्न लागिएको ग्यान्स अध्यक्ष भोजराज भट्टले जानकारी दिनुभयो ।

अष्टिनस्थित एसियन अमेरिकन रिसोर्स सेन्टरमा बेलुका ६ बजेपछि आयोजना हुने कार्यक्रममा चर्चित गायिका सत्यकला राईको समेत सहभागीता रहने बताइएको छ । गायिका राई संगै स्थानीय कलाकारले पनि आफ्नो प्रस्तती देखाउने भएका छन् । कार्यक्रममा सहभागी भई तिजको शुभकामना साटासाट संगै बर्ष दिनमा आयोजना गरिने कार्यक्रमलाई भव्य बनाईदिन आयोजकले अष्टिनवासी नेपालीहरुमा अनुरोध गरेको छ ।

ग्यान्स कार्यसमिती पूर्ण

ग्रेटर अष्टिन नेपाली सोसाइटी ग्यान्स कार्यसमितीले पूर्णता पाएको छ । हालै बसेको ग्यान्स कार्यसमिती बैठकले बिजय चन्द र रिता दवाडीलाई सदस्यमा मनोनित गरेसंगै २१ सदस्सिय कार्यसमितीले पूर्णता पाएको हो ।