प्रकोप व्यवस्थापन सम्बन्धि दुई दिने कार्यशाला गोष्ठि  शुरु

169

प्रकोप व्यवस्थापन सम्बन्धि दुई दिने कार्यशाला गोष्ठिको आयोजना गरिएको छ ।


बाँकेमा प्रकोप व्यवस्थापन गर्न पहिलो पटक यसरी दुई  स्थानीय तह विच संयुक्त छलफल शुरु गरिएको हो ।

कार्यशाला गोष्ठिमा स्वागत मन्तव्य राख्दै बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले ताइवान सरकारको आर्थिक तथा प्राविधि सहयोग मा प्रकोप व्यवस्थापनमा बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिकाको ढृडता लाई सफल बनाउन ताइवान सरकारको कदमलाई उच्च सम्मानका रुपमा हेरिएको बताए ।

 

रुचालले नागरिकहरुको आवश्यकता तथा नेपालको भौगोलिक अवस्था र उच्च जोखिममा रहेका नागरिकहरुको उद्धार गर्नु स्थानीय तहको पहिलो जिम्मेवारी कर्तव्य बोध मनन् गर्दै हाल प्रकोप व्यवस्थापनमा हामी एक जुट भएका छौँ यसलाई दुवै स्थानीय तहले सफल बनाउन क्रियाशिल भएका छौ अध्यक्ष रुचालले भने ।

बैजनाथ गाउँपालिका ,कोहलपुर नगरपालिका र ताइवान सरकारको आर्थिक सहयोगमा संचालित प्रकोप व्यवस्थापन सम्बन्धि पूर्व जानकारी दिने सेन्सर जडान ,दक्ष जनशक्ति उत्पादन गर्ने  प्रकोप व्यवस्थापनमा ताइवान सरकार विच संझौता अनुसार बैजनाथ गाउँपालिका  कोहलपुर नगरपालिकामा हुने प्रकोप तथा प्रकोप बाट बच्ने उपायहरुका बारे बृह्त छलफल कार्यक्रमको आयोजना गरिएको  हो  ।

सहजीरकण गर्ने संस्था ईन्रुडेक बाँकेका अध्यक्ष धर्मलाल   रोकायाका अनुसार कार्यक्रममा प्रकोप व्यवस्थापन सम्बन्धि प्रतिवद्धता तथा आवश्यक बजेट व्यवस्थापन तथा नीति निर्माण  प्राविधिक परिचालन  विषयमा छलफल हुने जानकारी गराए ।

कार्यक्रममा ताइवान सरकार प्रतिनिधि दुई स्थानीय तहका प्रमुख उप प्रमुख कार्यापालिका सदस्य प्रमुख प्रशासकिय अधिकृत कर्मचारी सूचना शाखा कर्मचारी ,पत्रकार लगाएतको सहभागिता रहेको थियो ।