कोहलपुर र बैजनाथमा सेन्सर जडान कार्य शुरु

421

रबि रोकाया बाँके – बाँके जिल्लाका आठ स्थानीय तह  मध्य दुई स्थानिय तहमा विपद् सम्बन्धि पुर्व जानकारी दिने अत्याधुनिक सेन्सर जडान कार्य शुरु  गरिएको छ  ।

 

सेन्सर जडान बैजनाथ गाउँपालिका वडा नं.१ मा विहबार शुरु  गरिएको हो । कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा संयूक्त संचालनमा  रहेको विपद् सम्बन्धि पुर्व  जानकारी दिने  सेन्सर जडान गर्ने सझौता अनुसार सेन्सर जडान गरिएको हो । बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले पहिलो पटक  वडा नम्बर १ मा सेन्सर मेसिन जडान गरिएको र अन्य वडामा  जडान कार्यलाई तिव्रता दिने बताए । यसअघि नै बैजनाथ गाउँपालिकाले क्षेत्र पहिचानका साथै पालिका तथा वडा स्तरीय छलफल पश्चात  गाउँपालिकामा छ वटा पुर्वसूचना दिने सेन्सर जडान गरिने बताए । अध्यक्ष रुचालका अनुसार वडा नं. १ मा भुकम्प, हुरी बतास, बाढी आउनुभन्दा पहिले पूर्व जानकारी दिने सेन्सर जडान कार्य  शुरु गरिसकेका छाँै । अब हाम्रो गाउँपालिकाको बाँकी ५ वटा स्थानमा  जडान गर्ने छौं उनले भने । अध्यक्ष  रुचाललेका अनुसार भैपरी आउने विपद्को सामना गर्न जनचेतना आवश्यक पर्दछ उनले भने विद्यालय, संघ—संस्था र टोलटोलमा विपद् जोखिम व्यवस्थापन बारे अभिमुखिकरण कार्यक्रम  लाई तिब्रता प्रतिक्रिया दिए । दिने  छौँ ।यसै गरी  भूकम्प,बाढी र विपद् बारे पुर्व जानकारी दिने अत्याधुनिक मेसिन सेन्सर जडान कार्य शुरु भए पछि कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले अब कुनै विपद्ले समस्या नहुने  जानकारी दिए   ।मेयर रावतले कोहलपुर नगरपालिका क्षेत्रमा  ६ वटाका दरले सेन्सर मेसिन जडान गरिने प्रतिक्रिया दिए । कोहलपुर नगरपालिका विपद् व्यवस्थापनलाई मध्य नजर गर्दै  चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकतामा राखेको  रावतले भने । कोहलपुर र बैजनाथका गरि १२ स्थानमा सेन्सर जडान गरिने मेसिनको प्रमुख नियन्त्रण कक्ष कोहलपुर नगरपालिकामा हुने बताइएको छ । कोहलपुर क्षेत्रमा  विपद्को  उच्च जोखिममा  रहेका वडाहरु नं. २,४, ८,१२ र  १४ मा जडान गरिने  नगरपालिका अग्नी आचार्यले जानकारी दिए ।  यस्तै सेन्सर जडान कार्यक्रममा कोहलपुर  नगरपालिका र बैजनाथ गाउँपालिका जनप्रतिनिधि लगाएतको सहभागिता रहेको थियो । सेन्सर जडानमा बैजनाथ गाउँपालिका १ का  अध्यक्ष रुप बहादुर मल्लले यो आधुनिक प्रविधिको शुरुवात आफ्नो वडा बाट शुरु भएकोमा खुसी व्यक्त गरे । मल्लले स्थानीयहरुको समस्या र क्षेति बाट अब राहत हुने विश्वास आफुले लिएको बताए । सेन्सर जडान इन्जिनियर अरुण सुवेदी र अमृत सुनारका अनुसार भुकम्प, बाढि, हुरीबतास सम्बन्धी पूर्वजानकारी दिने नयाँ प्रविधि जडान  कार्य शुरु गरेका बताए   ‘भूकम्प, बाढि, हुरीबतासको पूर्वजानकारी भने भूकम्पको इपिसेन्टरको र सेन्सर रहेको दूरीमा निर्भर रहन्छ’ अरुण सुवेदीले भने, ‘जति इपिसेन्टर र सेन्सरको दूरी बढ्छ, त्यति ढिलोे साइरन बज्छ । करिब सय किलोमिटर टाढा इपिसेन्टरको दूरी रहेमा भूकम्प आउन २० सेकेन्ड पूर्वजानकारी प्राप्त हुन्छ ।’ तर, इपिसेन्टर जति नजिक भयो त्यति पूर्वजानकारी कम उपलब्ध हुने उनको भनाइ छ ।यस्तै कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत दशरथ बुढाका अनुसार यो प्रविधिलाई कुनै पनि टेलिकम्युनिकेसन सिस्टममार्फत मोबाइल एब्लिकेसनको माध्यमबाट मोबाइलमा समेत जानकारी दिन सकिनेको जानकारी गराए । बढाले , भने ‘यसबाट विपद् जोखिम न्युनिकरणमा सघाउ पुग्ने विस्वास छ ।’ यस्तै नगरपालिका स्तरीय सरकारी तथा निजि विद्यालय स्तरमा विद्यार्थीलाई विपद् जोखिम व्यवस्थापन बारे वडा तथा टोल टोलहरुमा अभिमुखिकरण कार्यक्रम गरिने समेत जानकारी दिए । वर्षेनी डुबानका कारण  विपद्को सामना गर्नु परेको भन्दै आगामी दिनमा विपद् व्यवस्थापन गर्न दीर्घकालिन योजना बनाएर अघि बढेको प्रमुख प्रशासकिय अधिकृत बुढाले बताए । यस्तै बैजनाथ गाउँपालिका सूचना अधिकारी तप्त राज आचार्यका अनुसार विपद्को उच्च जोखिममा यहाँका महिला बालबालिका र सिमान्तकृत वर्ग रहेको बताए । सुरक्षाका दृष्टिकोणले उच्च जाखिममा रहेका वर्गको सुरक्षाको लागि गाउँपालिकाले सधै गम्भिर रहेको बताए । ‘बाँके जिल्लामा डुबान प्रमुख समस्या हो’ र ‘विगतका घटनाबाट पाठ सिकेर दीर्घकालीन समाधानको उपाय खोज्नु पर्छ  उनले भने ।’ कोहलपुर नगरपालिका कार्यपालिका सदस्य नारायणी वलीले २०७१ सालमा आएको बाढिले सयौको संख्यामा प्रभावित भएको बताउँदै आगामी दिनमा यस्ता विपत्ति आउन नदिन पूर्व जानकारी दिने नयाँ प्रविधिका सेन्सर जडान गरिएको बताइन् । यो परियोजना राष्ट्रिय विपत विज्ञान तथा प्रविधि केन्द्रको सहजीकरणमा नयाँ प्रविधिको सेन्सर जडान गरिएको सहजीकरण संस्था इन्रुडेक बाँके अध्यक्ष धर्म लाल रोकायाले जानकारी गराए । कार्यक्रममा बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिका का प्रमुख तथा कार्यपालिका सदस्य वडा अध्यक्ष प्राविधि टोलि सुचना शाखा लगाएतको सहभागिता रहेको थियो ।