आत्म निर्भर बन्नका लागि बैजनाथ गाउँपालिका वितरण ग¥यो विद्युतीय चुल्हो

229

 

 

बाँकेको बैजनाथ गाउँपालिको आर्थिक सहयोगमा विद्युतीय चुल्हो वितरण गरिएको छ ।
बाँकेको बैजनाथ २ मा स्थित ग्रामीण सामुदायिक विकास सहकारी संस्थाको आयोजनामा उक्त विद्युतीय चुल्हो वितरण गरिएको हो ।


नेपाल सरकारले मिति २०७५ माघ ११ मा नेपाल विद्युत प्राविधिकरण सामुदायिक विद्युतीकरण क्षेत्रमा विद्युतीय चुल्होको बजारमुखी प्रवद्र्धन राष्ट्रिय अभियान अन्तर्गत बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा विद्युतीय चुल्हो वितरण गरिएको हो ।
विद्युतीय चुल्हो वितरण कार्यक्रमलाई सम्बोधन गर्दै बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले बहुउपयोगीका रुपमा विद्युतीय चुल्हो संचालनमा आएका विदेश बाट आयात हुने ज्ञासमा निमूलता प्राप्त हुने र आत्म निर्भर तर्फ राज्य क्रियाशिल हुने भई राज्यको ढुकुटी संचित भई अन्य विकासका क्रियाकलाप संचालन गर्न सकिने विश्वास स्थानीय सरकारको हो र त्यस कारण पनि राज्यले विद्युत उत्पादनमा बृद्धि गरी विद्युतीय चुल्होको कार्यान्वय ल्याउन आवश्यक छ अध्यक्ष रुचालले भने । स्थानीय सरकार तथा ग्रामीण सामुदायिक विद्युत सहकारी संस्था लि संग विद्युत पोलहरुको विस्तार तथा विद्युत उत्पाद गर्दै विद्युतीय चुल्होको बजारीकरण तथा पवद्र्धनमा सहयोग हुने अध्यक्ष रुचालले भने । यसै रुचालले विद्युतीय चुल्हो वितरण गरे ।


कार्यक्रममा अभियानकर्ता अजम्बरी विकास फाउण्डेशन ललितपुरका निर्देशक ज्ञानेन्द्र राज शर्माले हाल नेपाल भर रहेका ३ सय ग्रामीण सामुदायिक विद्युत सहकारी संस्था मार्फत ३० लाख लाई पहिलो चरणमा विद्युतयि चुल्हो उपभोग विधि र कार्यान्वयमा ल्याइने बताए । शर्माले ज्ञासको मुल्य भन्दा विद्युतीय चुल्हो नाफामुखी रहेको बताए । शर्माले १ वर्षभित्रको अवधिमा राज्यको नीति अनुरुपमा १ हजार मेगावट विद्युत उत्पादन हुने देखिन्छ त्यस पछि विस्तारै विद्युतीय चुल्होको पवद्र्धनका चरण शुरु गरिने बताए ।शर्माले ५ नं प्रदेश अन्तर्गत विद्युतीय चुल्हो संचालनमा ल्याउने पहिलो गाउँपालिकाका रुपमा बैजनाथ रहेको जानकारी समेत गराए ।


विद्युतीय चुल्लो वितरण कार्यक्रमको आयोजक ग्रामीण सामुदायिक विद्युत सहकारी संस्थाका अध्यक्ष शेर ब बस्नेतले विद्युत प्राविधिकरणको तयार पारेको तथ्याङक प्रस्तुत गर्दै धुवा र धुलोका कारण बर्षेनी २२,८४१ जनाको मृत्यु हुने गरेको जानकारी गराए । बस्नेतले हाल ग्रामीण सामुदायिक विद्युत सहकारी संस्था बैजनाथ २ ले १ सय उपभोक्तालाई हाल विद्युतीय चुल्हो वितरण गरिन जानकारी गराए । भने ३ सय जना उपभोक्ताहरुले चुल्हो लिनका आवेदन दिएको बस्नेतले जानकारी गराए । यसै गरी विद्युतीय चुल्हो संचालन विधिका बारेमा अजम्बरी विकास फाउण्डेशनका इश्वरी घर्तीले जानकारी प्रदान गरेका थिए । विद्युतीय चुल्होको बजारीकरण तथा प्रवद्र्धमाका निम्ति अभियानकर्ताका रुपमा अजम्बरी विकास फाउण्डेशन, सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ , ग्रामीण सामुदायिक विद्युत सहकारी संस्था लगाएको सहयोग रहेको कार्यक्रममा जानकारी गराएको थियो ।