देशकै उत्कृष्ट एसईई नतिजा ल्याउन सफल समता

47

समता ट्रस्ट बाट संचालित समता स्कुल देशकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।

२०७५ सालको  एसईईमा समता स्कुलका १८ वटा मावि विद्यालयहरुबाट कूल १७०३ को संख्यामा एसईईमा सामेल भएका विद्यार्थीहरू मध्ये प्रतिभा भुर्तेल उत्कृष्ट ४ जीपीए नतिजा ल्याउन सफल भएकी हुन् । भने ए प्स ३०२,ए४८७,बी प्स ५१०बी ३८३ र सी प्समा २१ जना गरी कुल १७०३ एसईईमा १०० प्रतिशत उत्र्तीण हुन सफल भएका हुन् ।  उत्र्तीण सबैलाई समता ट्रस्का निर्देशक दिपक सञ्जेलले बधाई दिएका छन् ।

मासिक शुल्क एक सय १०० मा अध्यापन गराउदै आएको समता ट्रस्ले भावि दिनहरुमा अझै प्रभावकारी तथा जीवन उपयोगी शिक्षा प्रधान गर्ने उदेश्य रहेको  निर्देशक सञ्जेल बताए ।  नेपालका ७७ वटै जिल्ला संचालित समता विद्यालयलाई सहयोग गर्न सबै सँग निर्देशक सञ्जेलले आह्वान समेत गरे । हिमाल ,पहाड तराई सबै क्षेत्रहरुमा विद्यालय संचालित छन् । आम नेपालीहरुको सहयोगले हाल २० वर्ष सम्म ट्रस्ट लाई ल्याउन सफल भएका छौँ अझै आर्थिक तथा विपन्न क्षेत्रका बालबालिकाहरु लागि जुन जिल्लामा सहयोग गर्न सकिन्छ सबैले गरौँ र शिक्षा बाट कोही पनि बन्चित हुन नपरोस् सञ्जेलले भने ।  शिक्षा क्षेत्रमा २० औ वर्ष सेवा दिइरहेको समता ट्रस्टले यसै वर्ष बाट रु एक सय १०० मा नै नर्सिङ संचालनमा ल्याएको केन्द्रिय व्यवस्थापक सुर्दशन पौडेलले जानकारी गराए । शिक्षा बाट कोही पनि बन्चित हुन नपरोस् भन्ने महान उदेश्य उत्तम सञ्जेल सरको हो उहाँको उदेश्यलाई सफल बनाउन सबै क्षेत्रहरुको सहकार्य आवश्यक रहेको पौडेलले बताए ।