लद्युवित्तमा पहुँच तथा उद्यमी व्यवसाय विच बजार विस्तार सम्बन्धि अन्तरक्रिया सम्पन

78

लद्युवित्तमा पहुँच तथा उद्यमी व्यवसाय विच बजार विस्तार अन्तरक्रिया कार्यक्रमको कोहलपुरमा सम्पन गरिएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जको आर्थिक सहयोगमा संचालित गरिबी निवारणका लागि लद्यु उद्यम विकास कार्यक्रम अन्तर्गका उद्यमीहरु विच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा सहभागि कोहलपुर , बैजनाथ ,खजुरा र डुडुवा गाउँपालिकाका उद्यमीहरु विच लद्युवित्तमा पहुँच तथा उद्यमीहरुले उत्पादन गरे पश्चात त्यसको उचित बजारबारे अन्तरक्रिया गरिएको हो । कार्यक्रममा प्रमुख अथिति साना किसान बाकेका अध्यक्ष एकता शाहले साना किसानको स्थापना तथा लद्यु उद्यमका क्षेत्रमा गरेका लगानीका बारेमा जानकारी गराईन् । यसै गरी कृषि विकास बैँक लिमिटेड कोहलपुर शाखाका प्रबन्धक नेत्र थापाले कृषि बैक बाट प्राप्त गर्न सकिने कर्जाका बारेमा सहजीकरण गरे ।  बजार व्यवस्थापन तथा बजारका प्रकार बारे सहजकर्ता शालिकराम डागीले सहजीरकण गरे । कार्यक्रममा कोहलपुर उद्योग व्यापार संघ का सदस्य सिता कार्कीले बजारको माग र खपतका आधारमा उत्पादन गरिए उद्यमीहरुलाई सहज हुने धारण राखिन् कार्यक्रममा नेपाल घरेलु महासंघ बाके सचिव मधु खड्काले उद्यमीहरुले उत्पाद गरेका वस्तुहरुको उचित सम्बोधन तथा बजारीकरण नोपल घरेलु महासघले गर्ने जानकारी दिइन् । कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय बाकेको का प्रमुख उजीर न्यौपानेले उद्याृगष् दर्ता तथा नविकरण र उद्यमीहरुलाई पाउने अनुदानका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा उत्पीडित सामुदायिक विकास केन्द्र का कार्यकारी निर्देशक रवि रोकायाको अध्यक्षतामा कार्यक्रम सम्पन गरिएको थियो भने ६५ जना उद्यमीहरुको सहभागिता रहेको थियो ।