अपाङ्गताका लागि सहयोग सामाग्राी वितरण

34

बैजनाथ गाउँपालिका वडा ५ले अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग सामाग्राी वितरण गरेको छ ।

वडा स्तरीय अपाङ्ग संजालको को आयोजनामा उक्त सहयोगि सामाग्राी वितरण गरिएको हो ।
कार्यक्रममा बैजनाथ गाउँपालिका वडा ५ का अध्यक्ष मन बहादुर खत्रीले अपाङ्गभएका ब्यक्तिहरुको उत्थानमा वडा तथा बैजनाथ गाउँपालिका सदैव कटिबद्ध रहेको बताए ।
कार्यक्रममा आर्थिक विकास सहयोजक गुमान बहादुर दमाइले अपाङ्गता भएका व्यक्तिहरुका लागि उत्पादन तथा आत्मा निर्भरका कार्यक्रमहरु आर्थिक वर्ष बाट संचालन गरिने बताए । कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले विगतका दिनहरुमा वडा स्तर बाट संचालन भएका कार्यक्रमहरु लाइ थप प्रभावकारी बनाउन पालिका स्तर बाट कार्यक्रम संचालन गरिने जानकारी दिईन् । कार्यक्रममा वडा स्तरी अपाङ्ग संजालका अध्यक्ष सुमन विकको अध्यक्षतामा कार्यक्रम सम्पन गरिएको थियो । ं