पाँचौ अन्ताष्ट्रिय योग दिवस शान्ति र सहिष्णुताका लागि योग भन्ने नाराका साथ सम्पन

251

नेपाल भर विभिन्न कार्यक्रम गरी पाँचौ अन्तराष्ट्रिय योग दिवस मनाइएको छ ।

बाँकेको बैजनाथ गाउँपालिकामा पाँचौ अन्ताष्ट्रिय योग दिवस शान्ति र सहिष्णुताका लागि योग भन्ने नाराका साथ मनाईको छ । बैजनाथ गाउँपालिका स्वास्थ्य आयुर्वेद इकाई टिटिहिरिया आयुर्वेद औषधालय को आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमा पूर्व राज्य मन्त्री दल बहादुर सुनारले मानिसको जीवनमा योगको महत्व बारे विस्तारै चेतना हुदै गरेको र योगले विज्ञानलाई समेत चुनौति दिदै विश्वमा नेपाल आयुर्वेद औषधालयको मुख्य गतव्यका रुपमा विकास हुन आवश्यक रहेको बताए । कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले योग लाई निरन्तरता गर्न आवश्यक रहेको बताए । उनले योगले रोग तथा तनावलाई न्यूनिकरण गर्ने उचित माध्यम भएको बताए । अध्यक्ष रुचालले भावि दिनहरुमा आयुर्वेद औषधालयको बृद्धि विकासमा बैजनाथ गाउँपालिकाको सहयोग रहने जानकारी दिए ।
कार्यक्रममा बैजनाथ आयुर्वेद औषधालयका इकाइ प्रमुख मनोज कुमार रायले योगले मानिसको जीवनमा बचत तथा खुसी को बनाउन योगले मदत गरेको बताउदै यस्को उत्थानमा स्थानीय सरकारको महत्वपूर्ण योगदान आवश्यक रहेको बताए । कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष कार्यपालिका सदस्य स्थानीय राजनीतिक दल लगाएको सहभागिता कायृक्रमका रहेको थियो ।