बैजनाथ गाउँपालिकाको नीति तथा कार्यत्रममा नौवस्ता औद्योगिक क्षेत्र निर्माण तथा कृषि उत्पादनमा जोड

105

बैजनाथ गाउँपालिकाले आर्थिक वर्ष २०७६। ०७७ को नीति तथा कार्यक्रम पास भएको छ ।

बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले ०६७ ।०७७ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम संभासदहरुको कडगडाहट तालिका साथ पास गरिएको हो ।

आर्थिक वष ०६७ । ७७ मा सार्वजनिक सेवामा पहँच अभिबृद्धि गर्नका लागि ढिला सुस्ती र अनियमितता अन्त गर्न शुन्य सहनशीलता को नीति अवलम्बन गरि सुचनाको हक सम्बन्धि कानूनको पूर्ण सम्मान गर्दै जनमैत्री प्रशासन संचालन गर्ने भनिएको छ ।

संविधानले प्रदत्त मौलिक हक मा भएका आधारभूत विषयहरु निशुल्क तथा गुणस्तरीय बनाउनका लागि कार्यक्रमहरु ल्याइएको छ भने सकारात्मक विभेदका लाई निरन्तर दिदै लक्षित समुदाय महिला बालबालिका युवा दलित अपाङगता आदिवासी जनजाति लोपोउन्मुख जाति अल्पसंख्यक जेष्ठ नागरिक सम्बन्धि विभिन्न कार्यक्रमहरु संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ भने नौवस्ता औद्योगिक क्षेत्र भित्र पर्ने वस्ति व्यवस्थापनका लागि आवश्यक रकम विनियोजन गर्ने बताईएको छ ।

यसै गरी कृषि पशुपालन पर्यटक , घरेलु तथा साना उद्योग र सहकारी मार्फत आर्थिक समृद्धिको लागि ढोका खोलिने भउकाले सो सम्बन्धि उद्यमशिलता लगानीमेत्री वातावरण तयार गर्दै स्वरोजगार बनाउदै बेरोजगारको समस्या समाधान गर्ने नीति लिएको छ । समाजिक मावेशीकरण बालबालिका , महिला अपाङता दलित , लोन्मुख जाति लपसंख्यक जेष्ठ नागरिक युवा खानेपानी तथा सरसफाई धर्म संकृति , शिक्षा बातावरण तथा विपद , सार्वजनिक सेवा तथा क्षमता विकास विधायन तथा वित्तीय अनुशासन लगाएत क्षेत्रलाई समावेश गरी नीति तथा कार्यक्रम ल्याइएको बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले सभालाई नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । यसै गरी  बैजनाथ गाउँपालिका सभासद वडा न ८ का धिरेन्द्र सिहले कायान्वयनको अवस्थाको बारेमा समेत ख्याल गर्न आग्रह गरे ।

धिरेन्द्रले नीति तथा कार्यक्रम उल्लेख भएका सबै कार्यक्रमहरु राम्रो रहेको बताउदै बडा ८ मा बालमैत्रि भईसकोे भएतापनि आवश्यक बजेट व्यवस्थापन गर्नु पर्ने बताए । यसै गरी नीति तथा कार्यक्रम माथि वडा ५ का स्तरमा कार्यान्वयमा बैजनाथ गाउँपालिका ५ का वडा सदस्य नारायण थारुले बजेट कार्यान्वय को सुभकामना दिए । कार्यक्रममा बजेट असार ९ गते सम्मका लागि सभा स्थगित भएको जानकारी गराईको छ ।

बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकका अनुसार विशेगत समितिको आवश्यक छलफल बैठक जारी रहेको बजेट निर्माणमा सबै समिति सक्रिय भएर ९ गते नै बजेट संसदका प्रतिनीधिहरुलाई जानकारी गराइइने जानकारी दिनु भयो ।