जोखिम न्यूनिकरणका लागि विपत व्यवस्थापन सम्बन्धि २ दिने तालिम सम्पन्न

31

स्थानीय स्रमा जोखिम न्यूनिकरणका लागि विपत व्यवस्थापन सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ ।


बैजनाथ गाउँपालिका वडा ४ काृ आयोजनामा विपद व्यवस्थापन सम्बन्धि २ दिने तालिम सम्पन्न भएको हो ।
समापन कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका सामाजिक विकास शाखा प्रमुख गुमान बहादुर दमाइले विपत जहिले पनि हुन सक्ने बताउदै यस्का लागि पूर्व तयारी आवश्यक रहेको बताए । उनले विपत व्यवस्थापन सम्बन्धि यो २ दिने तालिमले आउने विपत मा सबैले सहयोग गर्ने अपेक्षा आफुलेलिएको बताए । उनले भने विपत मा परेको तथ्याङ विवरण जस्ताको तस्तै आउनेमा बैजनाथ गाउँपालिका विस्वस्त रहेको बताए । यसै गरी कार्यक्रमका प्रमुख अथिति गाउपालिका उपाध्क्ष शारदा रेग्मी विकले विपत शब्द नै पिडादायि हुने बताउदै यस्का लागि हाल ताइवान सँग सेन्सर जडान कार्यमा हस्ताक्षर भएको र पूर्व जानकारी दिने प्रविधिको विकास गरिएको बताइन् रेग्मीले बैजनाथ र कोहलपुर नगरपालिका को सयुत्तः लगानिमा उक्त प्रविधि जडान कार्य अगाडि बढेको जानकारी गराइृन् उनले यस्का लागि आवश्यक कर्मचारीको क्षमता अभिबृद्धि गर्ने उदेश्यले ताइवान पठाउने कार्य अगाडि बढेको समेत बताईन् । कार्यक्रमको अध्यक्षता तथा समापन बैजनाथ गाउँपालिका वडा ४ का अध्यक्ष कालि बहादुर सिहले गरेका थिए ।