बैजनाथ गाउँपालिका द्धारा २०० सय बेरोजगारलाई स्वरोजगार

235

बैजनाथ गाउँपालिकाले २०० जना वेरोजगार युवायुवतीहरुलाई रोजगारी दिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २०० बेरोजगारलाई रोजगार दिईएको हो ।

पहिलो चरणमा उनीहरुलाई एक महिना पूर्वाधार निमार्ण सम्बन्धि काम उपलब्ध गराइएको बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले जानकारी गराए ।

रुचालले र्वामा १०० दिन दिने रोजगार अन्तर्गत हाल ३० दिन स्वरोजगार बन्न दिएको बताए । उनीहरुले दैनिक रु पाँच सय १७ रुपैयाका दरले रकम पाउने छन् ।

हाल बैजनाथ गाउँपालिकाका ८ वटै वडाहरुमा २५ जनाको सख्यामा बेरोजगार युवायुवतीहरुलाई स्वरोजगार बनाईको बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले जानकारी गराइन् ।

रोजगारका लागि छनोट भएका युवायुवतीहरुलाई गाउँपालिकाले पूवाधार विकासमा खटाईएको र वडा कार्यालयबाट आएका योजनाका आधारमा अन्य काममा समेत खटाईने बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले जानकारी गराए ।

युवायुवतीहरुको को योग्यता, क्षमता, दक्षता र सीपअनुसार काम दिइने बैजनाथ गाउँपालिकाका प्रवक्ता गुमान बहादुर दमाइले जानकारी गराए ।