शिवालयलाई उपाधी

240


बाकेको बैजनाथ गाउँ पालिका वार्ड न ३ मा संचालन भएको प्रथम बैजनाथ युवा सन्जाल कपको उपाधी शिवालय युवा स्पोर्ट्स क्लब जि गाउँले हात पारेको छ।

 फाइनलमा बैजनाथ युवा स्पोर्ट्स क्लब पेडारि र शिवालय युवा स्पोर्ट्स क्लब जि गाउँ बिच भएको खेलमा २(१ ले शिवालय बिजय भएको हो।

बैजनाथ युवा सन्जालको आयोजनामा सम्पन्न भएको समापन समारोहमा प्रमुख अतिथी बैजनाथ गाउँ पालिका अध्यक्ष मान बहादुर रुचाल बिशिस्ट अतिथी उपाध्यक्ष शारदा रेग्मी बि क अतिथी वार्ड न १ का अध्यक्ष रुप बहादुर मल्ल २ का अध्यक्ष प्रेम बहादुर थापा ,३ का अध्यक्ष राम चरन थारु ,वडा ४ अध्यक्ष कालि बहादुर सिह ५ का अध्यक्ष मान बहादुर खत्री  ७ का अध्यक्ष सिताराम थारु   कार्यपालिका सदस्यतथा योजना संयोजक गुमान परियार कार्यपालिका सदस्य एव आर्थिक बिकास संयोजक लक्ष्मि थारु कार्यपालिका सदस्य कर्णसुनार युवा ब्यापारि कमल चन्द बैजनाथ युवा सन्जालका अध्यक्ष एव युवा समाजसेवी यज्ञ पुन सदस्य वार्ड न ५ नारायण थारु युवा ब्यापारी तथा समाजसेवी राजु रुचाल नेपाली काङ्ग्रेस प्रतिनिधि बिनोद थारु लगाएतको उपस्थिति रहेको थियो ।

 

उत्त कार्यक्रमको सभापति आयोजकका अध्यक्ष अग्गन मल्ल अशोकको सभा अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै अतिथी बिनोद थारुले युवाहरुलाइ प्रोत्साहन गर्न आयोजना गरिएको खेलमा स्थानीय स्तर बाट खेलाडी उत्पादन गर्ने राम्रो सुरुवात गरेको साथै अब गाउँ पालिकाले रास्ट्रय खेलमैदान को ब्यवस्थापन गर्न गाउँ पालिका अध्यक्षलाई ध्यानाकर्षण गराएका थिए।

 

शुभकामना मन्तव्यको क्रममा गाउँ पालिका उपाध्यक्ष शारदा रेग्मी बि क ले सफलता पुर्बक खेल आयोजना गरेकोमा आयोजक युवा सन्जाल लाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको हो।विभिन्न बिधामा सहयोग गर्नुहुने ब्यापारी समाजसेबी पत्रकार सबैलाई सम्मान पत्र प्रदान गरिएको हो।प्रथम भएको शिवालय युवा स्पोर्ट्स क्लबले रु ६००००र( को चेक प्रमाणपत्र मेडल प्राप्त गरेको छ भने दोस्रो हुने बैजनाथ युवा स्पोर्ट्स युवा क्लब ले रु ३५०००र( को चेक प्रमानपत्र मेडल प्राप्त गरेको छ।

खेलमा सहयोग गर्ने सहयोगि ब्यापारी खेलप्रेमी युवा जनप्रतिनिधि सहकारी कर्मि समाजसेवी बुद्धिजिबि शिक्षक पत्रकार सुरक्षानिकाय सबैले अतुलनिय सहयोग गरेकोमा सबैलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष अग्गन मल्लले कार्यक्रमको समापन गरेका थिए ।

कार्यक्रममा फुटबल खेल संचालन गर्न सहयोग गर्ने संघ सस्था लगाएत विभिन्न ब्यत्तित्वहरुलाई सम्मान तथा कदर पत्र वितरण गरिएको थियो ।

तथा कदर पत्र वितरण गरिएको थियो ।