सूचना प्रविधिमैत्रि गाउँपालिका  बन्दै बैजनाथ

98

 

बाँके । रबि रोकाया

बाँकेको बैजनाथ गाउँपलिका सूचना प्रविधिमैत्रि बनेको छ।

गाउँपालिका स्थापना भएको २ वर्ष भित्र गाउँपालिकाले आफुले प्रदान गर्ने सेवा तथा बजेटहरु आफ्नो आधिकारीक फेसबुकतथा ट्वीटर पेज साथै बेवसाइट तथा डिजिटल सूचना पाटी मार्फत जानकारी प्रदान गर्ने गरेको छ। वेबसाइट संचालनमा आएपश्चात गाउँपालिकाले उपलब्ध गराउने सबै सेवाहरु घरमै बसेर जानकारी लिन सहज भएको हो।  वेबसाइट मार्फत सबै सूचनाहरु, विकास तथा पर्यटन प्रवर्धनमा समेत उपलब्धी हासिल गर्न सकिने विश्वास आफुले लिएको बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले  बताए। स्थानीय सरकारको उदेश्य भनेको सबै जनता माझ उत्तरदायि र जवाफदेही हुनुहो त्यसैले हामीले मोबाइल एप्स पनि निर्माण गरेका छौ र  सबै सूचनाहरु प्राप्त गर्न सहजता हुने र सबैले बैजनाथ गाउँपालिको विकास तथा पर्यटन विकासमा सहयोग हुने विश्वास लिएको छौँ अध्यक्ष रुचालले भने ।हाल गाउँपालिका क्षेत्रमा  डिजिटल सूचना पाटी मार्फत मौसम सम्बन्धित जानकारी,आर्थिक वर्षकोबजेट तथा कार्यक्रम गाउँपालिका भित्र रहेका पर्यटन तथा विभिन्न धार्मिक  स्थानहरुको दृश्य तथा भिडियो सार्वजनिक गरीएको छ। जस्ले स्थानीय समुदायमा भएका सम्भावना तथा पर्यटनमा विकास हुने विश्वास लिएको अध्यक्ष रुचालले जानकारी गराए।डिजिटल सूचना पाटीमा गाउँपालिका हाताभित्र पर्ने वडाकार्यालयले प्रदान गर्ने सेवा सुविधिका बारेमा समेत  नागरिक वडापत्र मार्फत  जानकारी गराएको छ। अब डिजिटल सूचना पाटी मार्फत सूचना प्रदान गरिएको बैजनाथ गाउँपालिकासूचना प्रविधि शाखा प्रमुख अमर सिंह ठाकुरले बताए । मोवाइल एप्समा सूचना तथा महत्वपूर्ण टेलिफोन र गाउँपालिकालाई सुझाव  तथा सम्बन्धित वडाहरुका  गुनासा समेत मोवाइल एप्सबाट दर्ता गर्न सकिने सूचना प्रविधि शाखा प्रमुख ठाकुरले जानकारी गराए ।