बिजयको वास्तविकता बोकेको गीत ‘सुतली‘ बिष्णु माझिको श्वर र राजेश खड्काको लयले चर्चाको शिखरमा (भिडियो सहित)

447

अस्टिन (टेक्सास) – युवा सर्जक बिजय चन्द दर्पनले आफ्नै वास्तविक कहानिमा लेखेको मर्मस्पर्सी गीत ‘सुतली’ अहिले चर्चाको शिखरमा छ् !

आफ्नो वास्तविक जिबनमा आधारित गीत भएपनी सम्पूर्ण परदेशीहरुको पिडा बोकेको गीतमा चर्चित गायिका बिष्णु माझि राजेश खड्का सानुको श्वरले सबैको मन छोएको छ् ! राजेश खड्का सानुकै लयमा बनेको गीतलाई १ सातामा ५ लाख पटकको हाराहारिमा हेरिएको छ !

चर्चित मोडल सगुन शाही र बाबु कृष्ण परियारले अभिनय गरेको गीतको छायांकन सुरेश श्रेष्ठ र महेश महराले गरेका हुन भने निर्देशन कपिल लामाले गरेका हुन ! अहिलेका लोकप्रिय सर्जक तथा गायक बशन्त थापाको युटुब च्यानल बाट गत शुक्रबार सार्वजनिक गरिएको गीतलाई अत्यधिक रुचाइएको हो ! परदेशीको पिडा समेटिएको गीत सार्वजनिक गरिएको केही घण्टामै लाख बढी पटक हेरिएको थियो !

दिन प्रतिदिन गीत चर्चित बन्दै गएपछी हौसला र जिम्मेवारी थपिदै गएको महसुस भएको गीतकार बिजय चन्द दर्पनले बताउनुभयो ! सर्जक केही बर्ष देखी टेक्सासको अस्टिनमा बस्दै आउनु भएको छ् ! 

भिडियो :