बाँके र बर्दियालाई पर्यटन क्षेत्रमा विकास गर्नु पर्छ राष्ट्रपति भण्डारी

228

बाँके रबि रोकाया  राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको  विकासकालागि शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेको बताएकी छन् । शिक्षा बिना समग्र राष्ट्रको विकास असम्भव भएको बताउँदै राष्ट्रपती भण्डारीले सामुदायिक विद्यालयको स्तर वृद्धिसँगै गुणात्मक शिक्षामा जोड दिनतुपर्ने बताईन ।

भन्डारीले चुरे तथा वातावरण पर्यावरणको संरक्षण तथा प्रवद्धन गरी आन्तरीक बाह्य पर्यटकको विकासका योजनाहरु निर्माण गर्न आवश्यक देखिएको बताईन् । राष्ट्रपति भण्डारीले बाँके र बर्दिया पर्यटक क्षेत्रको रुपमा विकास गर्नु पर्ने  धारणा राखिन् ।

बाँकेको बैजनाथ गाउँपालिका-५ जीगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५० औं वार्षिकोत्सव तथा स्तम्भ अनावरण कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले बालबालिकाको शैक्षिक गुणस्तरमा ध्यान दिन शिक्षक तथा अभिभावकहरुलाई आग्रह गरिन् ।

उनले भनिन्, ‘शैक्षिक लगानीले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने अवसर प्रदान गर्छ । राज्यले शिक्षामा गरेको लगानीको प्रतिफल जनतालाई दिनुपर्छ ।’ राष्ट्रपति भण्डारीले शिक्षालाई व्यवहारिक, जीवनउपयोगी र गुणस्तरीय बनाउन सामुदायिक विद्यालय र अभिभावकको भूमिका महत्वपूर्ण रहेको बताइन् ।

सामुदायिक विद्यालयलाई बालमैत्री क्षेत्रका रुपमा विकास गर्दै आवश्यक भौतिक पूर्वाधारमा समेत सरकारले लगानी गर्नुपर्नेमा राष्ट्रपती भण्डारीले जोड दिइन् । शैक्षिक चेतनाबिना सामाजिक विकृतिलाई चिर्न नसकिने भन्दै उनले सामाजिक विकृति र विसङ्गतिको अन्त्य गर्न पनि गुणस्तरीय शिक्षा जरुरी रहेको बताइन् ।

राष्ट्रपति भण्डारीले यस क्षेत्रका राष्ट्रिय गौरवका आयोजनाहरुलाई अथासिघ्र पूर्णता दिन सरकारलाई सुझाव समेत दिएकी छन । सिक्टा सिंचाई आयोजना, भेरी बबई डाइभर्सन लगायतका यहाँको राष्ट्रिय गौरवका आयोजना निर्माणमा सरकारले चासो देखाउनुपर्ने भन्दै भण्डारीले समयमै ति योजनाहरु पुरा गर्नुपर्नेमा जोड दिएकी छन ।


राष्ट्रिय गौरवका आयोजना सम्पन्न भए यस क्षेत्रको कृषि उत्पादनले फड्को मार्ने विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले कृषिमा आधुकिकीकरण जरुरी रहेको बताइन् । उनले भनिन्, ‘हाम्रो मुलुक कृषिमा आत्मनिर्भर हुनका लागि यस क्षेत्रको भूमिका पनि महत्वपूर्ण छ ।’