युबाहरु संबृद्धिका बहाक अध्यक्ष रुचाल

433

 

 

बैजनाथ गाउपालिका अध्यक्ष मान बहादुर रुचालले युबाहरुको जोश जांगर नै राष्ट्र संबृद्धिको संबाहक सिद्ध हुने कुरामा जोड दिएका छन ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ बैजनाथ गाउपालिकाको सुतैयामा आयोजित प्रथम बैजनाथ युबा सञ्जाल कप फुटबल खेलको उदघाटन गर्दै बैजनाथ गाउपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी मान बहादुर रुचाल ठकुरीले यस्तो कुरा बताएका हुन ।

गाउपालिकाले युबाको निम्ति निति निर्माणमा कटिबद्ध भएको बताउदै युबाहरु संबृद्धिका बहाक भएकाले युबाहरुको जोश जांगरलाई राष्ट्र निर्माणमा खर्चिन आग्रह गरे ।

बैजनाथको चिनारी र पहिचानलाई युबाहरुले नै जिबन्त पार्न सक्ने भन्दै अध्यक्ष रुचालले खेलमा जस्तै लगनशिलता, मेहनत र अनुशासन हरेक क्षेत्रमा अपरिहार्य भएको औंल्याए ।


बैजनाथ गाउपालिका स्तरीय युबा सञ्जालद्धारा आयोजित सप्ताह ब्यापि सञ्चालन हुने फुटबल खेल कार्यक्रमको उदगाटन सत्रमा नेकपा बैजनाथ गाउपालिका अध्यक्ष चन्द्र चौधरी, नेपाली कांग्रेस पार्टि प्रतिनिधि प्रकाश शाहि लगाएतले दुब्र्यसनबाट युबाहरुलाई टाढा राख्न खेल क्षेत्रले महत्वपुर्ण भुमिका खेलेको औंल्याउदै आयोजित खेल शान्तिपुर्ण र मर्यादित हुनेमा बिश्वास ब्यक्त गरे ।

युबा सञ्जालका यज्ञ पुनको स्वागत मन्तब्यबाट शुभारम्भ खेल उदघाटन शत्रमा बैजनाथ गाउपालिका उपाध्यक्ष शारदा रेग्मी बि.क., प्रशासकिय अधिकृत राम प्रसाद सापकोटा, बिभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य एबं खेल संबद्ध ब्यत्तित्वहरुको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन प्रदिप सेढाइले गरेका थिए ।

बैजनाथ गाउपालिका स्तरीय युबा सञ्जालका अध्यक्ष अगन मल्लको अध्यक्षतामा शुभारम्भ फुटबल खेलमा १८ टिमले सहभागिता जनाएका छन भने जेष्ठ मसान्त सम्म १७ खेल हुने आयोजक सञ्जालले जनाएको छ । उदघाटन खेल शिबालय ५ जि गाउ र बागेश्वरी स्र्पोट युबा क्लब गाभर बिच सम्पन्न भयो । यसै गरी प्रथम उत्घाटन खेलमा शिवालय युवा क्लब वि टिम विजयी भएको छ ।


फुटबल खेलको सेमिफाइनल उन्तीस गते हुनेछ भने फाइनल जेष्ठ मसान्तमा हुने आयोजकले बताएको छ ।