एनआरएनए अमेरिकाको अध्यक्षमा सुनील साह बिजयी (सबै उम्मेद्वारहरुको मत परिणाम सहित)

119

टेक्सास (अमेरिका)- गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद (एनसीसी) अमेरिकाले नयां नेतृत्व पाएको छ । अध्यक्षका बहुचर्चित उम्मेद्वार सुनील साहले आफ्ना अन्य दुई प्रतिस्पर्धी शुर्य लम्साल र सञ्जय थापालाई झण्डै दोब्बर मत अन्तरले पराजित गर्दै अध्यक्षमा बिजय हासिल गरेका हुन् ।

३ हजार ७ सय ११ मत पाएर साह अध्यक्षमा बिजयी हुंदा उनका प्रतिस्पर्धी शुर्य लम्सालले १ हजार ७ सय ९७ र सञ्जय थापाले १ हजार ५ सय ५४ मत पाएका छन् । बरिष्ठ उपाध्यक्षमा डाक्टर अर्जुन बन्जाडे र क्षेत्रीय उपाध्यक्षहरुमा बुद्धिसागर सुवेदी, बीआरलामा, कृष्णजीवी पन्थ र सर्वज्ञ वाग्ले विजयी भएका छन् । महासचिवमा पशुपतिराज पाण्डे, सचिवमा अमृतबाबु कट्टेल र कोषाध्यक्षमा नेत्रप्रसाद पोखरेल विजयी भएका छन् ।

सह-कोषाध्यक्षमा सन्तोषकुमार बिष्ट, महिला संयोजकमा दिक्षा बस्नेत, युवा संयोजकमा विनोद रुवाली, बोर्ड सदस्यहरुमा सत्यनारायण चौधरी, चित्रा कार्की, धरम विश्वकर्मा, दुर्गाप्रसाद श्रेष्ठ, छत्रकुमारी गुरुङ, खिमबिक्रम भट्टराई, अमर छन्त्याल, चेतप्रसाद पौडेल, जीवनकुमार जोशी, पदमबहादुर ठकुराठी, बासुदेव अधिकारी र तिलक केसी निर्वाचित भएका छन् ।

आईसीसी सदस्यहरुमा शंकर खड्का, तृष्णा शर्मा, जेदुनाथ पोखरेल, शिवराज पौडेल, होमनाथ गौतम र स्वराज खाती निर्वाचित भएका छन् ।

सबैभन्दा बढी मत ल्याउनेहरुमा भने उपाध्यक्षमा निर्वाचित कृष्णजीवी पन्त रहेका छन् । उनले ४६३९ मत ल्याएका छन् । त्यस्तै दोश्रोमा आईसीसी सदस्यमा निर्वाचित स्वराज खातीले ४२४७ मत ल्याएका छन् ।

सबै उम्मेद्वारहरुको मत परिणाम :