प्रतिस्पर्धीलाई दोब्बर मत अन्तरले पराजित गर्दै एनआरएनए अमेरिकाको अध्यक्षमा साह निर्वाचित

342

टेक्सास (अमेरिका)- गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा आफ्ना दुई प्रतिस्पर्धीलाई दोब्बर बढि मत अन्तरले पराजित गर्दै शुनिल साह अध्यक्षमा बिजयी भएका छन् ।

७ हजार ३ सय ५७ मत खसेकोमा साहले ३ हजार ५ सय ७६ मत पाउंदा उनका प्रतिस्पर्धी शुर्य लम्सालले १ हजार ९ सय ५२ मत र सञ्जय थापाले १ हजार ८ सय ८ मत पाए । टेक्सासको डालसका व्यवसायी साह बर्तमान कार्यसमितीका बरिष्ठ उपाध्यक्ष हुन् । अध्यक्षमा साह संगै उनको सिंगै टिमले बिजयी हासिल गरेको छ । साह अध्यक्षमा निर्वाचित हुंदा उनकै समुहका डा. अर्जुन बञ्जाडे बरिष्ठ उपाध्यक्षमा बिजयी भए ।

यस्तै महासचिवमा पनि साहकै समुहका पशुपती पाण्डे बिजयी भएका छन् । सचिवमा अमृत कट्टेलले बिजय हासिल गर्दा क्षेत्रीय उपाध्यक्षमा बिआर लामा, कृष्णजिबी पन्थ, सर्बज्ञ वाग्ले र बुद्धि स ुबेदी बिजयी भएका छन् । महिला संयोजकमा दिक्षा बस्नेत र युवा संयोजकमा बिनोद रुवाली बिजयी भएका छन् ।

बिजयी सबै साहको समुहका हुन् । तिन जना अध्यक्षले प्यानल बनाएर निर्वाचनमा होमिएका थिए । निर्वाचन समितीले औपचारीक घोषणा गर्न बांकी छ ।