एनआरएनए अमेरिका निर्वाचन : दक्षिण क्षेत्रिय उपाध्यक्षमा कृष्णजिबी पन्थ बिजय नजिक

762

बाल्टिमोर (अमेरिका)- अर्को साता हुन लागेको गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचनमा दक्षिण क्षेत्रिय उपाध्यक्षमा कृष्णजिवी पन्थ बिजय नजिक पुगेका छन् ।

पछिल्लो समय पन्थको पक्षमा देखिएको जनलहर तथा उनको प्रचारप्रसार संगै उनलाई साथ र सपोर्ट गर्नेहरुको संख्यालाई आधार मानेर गरिएको आंकलनमा उनको बिजय शुनिश्चित जस्तै देखिएको हो ।

अध्यक्षमा शुनिल साहको टिम मार्फत प्रचारप्रसार व्यापक बनाएका पन्थले अन्तिम प्रचारप्रसार स्वरुप बिभिन्न शहरहरुमा नेपालीहरुसंग भेटघाट तथा सम्पर्क बढाउंदै गएका छन् । अग्रज साथीभाई तथा सबैको सहयोगमा चुनाव जितिन्छ भन्नेमा ढुक्क छु पन्थले टेलिफोनमा भने- “प्रचारप्रसारलाई पनि ब्यापक बनाएको छु ।”

तनहुं जिल्लाको घांसीकुवामा जन्मिएका पन्थ नेपाल हुँदै देखि सामाजिक कार्यमा सक्रिय व्यक्तित्व हुन् । नेपालमा रहंदा समाज कल्याण मन्त्रालयको सहयोगमा युसेप नेपालद्वारा संचालित नेपालको पहिलो बाल सुधार गृह, सानोठिमी, भक्तपुरमा संयोजकको रुपमा काम गरेका थिए । बाल सुधार गृह नेपालका विभिन्न अभियोगमा जेलबन्दी बिताईरहेका १८ वर्ष भन्दा मुनिका बालबालिकाहरुलाई जेलबाट मुक्त गरी सुधारगृहमा राखी शिक्षा, स्वास्थ्य, बालअधिकार पैरवी तथा सामाजिक पुनस्थापन जस्ता गहन सवालहरुमा काम गर्ने संस्था हो ।

उनले यो परियोजना स्वीकृत, संचालन तथा कार्यन्वयनका साथै कुशल व्यवस्थापकको रुपमा एक दशकसम्म नेतृत्वदाई भूमिका निर्वाह गरेका थिए । त्यसैगरि नेपालमा भएका हरेक प्रजातान्त्रिक आन्दोलनहरुमा उनको विशेष योगदान रहेको थियो । अमेरिका आएपछि पन्थ डिसी महानगर क्षेत्रमा ब्यबसाय गर्दै आएका सरल स्वभावका व्यक्ति हुन्।

नेपालीहरुका विभिन्न संघ-संस्थाहरुमा नजिक रहेका पन्थ गैरआवासीय नेपाली संघको अभियानमा पनि उत्तिकै रुपमा सकृय छन्। निर्वाचनमा आकांक्षी पन्थले आफ्नो क्षेत्रमा घर दैलो नै गरेर सदस्य बन्न प्रेरित र सहयोग गरेका थिए। उनले बाल्टिमोरको हिन्दु बुद्ध मन्दिर स्थापनाका लागि चालिएको महाअभियानमा व्यक्तिगत तथा सामुहिक रुममा ठुलो योगदान गरेका थिए । हाल उनी सो मन्दिरका ट्रष्टी समेत रहेका छन् । त्यसैगरी उनले बाल्टिमोर एसोसीयसन अफ नेपालिज इन अमेरिका (बाना) को सामुदायिक भवन बनाउन समेत सहयोग गरेका थिए। पन्थ बानाको सल्लाहकार तथा सामुदायिक भवनको ट्रष्टी हुन्।

समाजसेवी भावनाका पन्थले नेपालमा बिधालय, बालसुधार गृह तथा बृद्धाश्रमहरुलाई सहयोग गर्दै आइरहेका छन्। हाल नेपालीहरुलाई व्यवसायको स्वामित्व आफैं लिउ भन्ने अभियानका साथ इण्टर्प्रेनरको रुपमा अगाडी बढ्न उत्प्रेरित गर्दै आएका छन। उनले सामान्य र थोरै लगानीमा पनि पार्टनर बनाएर उनीहरुको मनोबल बढाउंदै लगेका छन्। समाज मिलाउन र जोडेर लैजाने कार्यमा पन्थ एउटा असल नमुना मानिन्छन।

जनसम्पर्क समिति अमेरिकाका राजनीतिक चिन्तक पन्थ नेपाल र नेपालीलाई विश्वमा चिनाउने दृढ संकल्पका साथ चुनावी मैदानमा उत्रिएका हुन् ।  नेपाल र नेपालीलाई आर्थिक रुपमा सम्पन्न, सामाजिक रुपमा बलियो आधार तयार गर्ने परियोजनाको पारुप तयार गर्ने उनको प्रतिवद्धता छ ।

परम्परागत रुपमा राजनीतिक समस्याले झागिएको गुट उपगुट, मुद्दा मामिलाले जकडेको एनआरएनएलाई शुद्ध सुदुढ गर्न पन्थले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताए । स्वदेशमा बस्ने हुन् या विदेशमा आप्रबासीको रुपमा बस्ने हुन् हरेक नेपालीको सुख र समृद्धि मेरो एकमात्र संकल्प हो उनले भने । संस्थाको दीगो र संस्थागत विकास गर्ने उन्को प्रतिवद्धता छ । नेपाल सरकारसँग सिधै पहुँच राख्न सक्ने खुवी भएका पन्थले अमेरिकामा बसेर पनि नेपाल र नेपालीका लागि समाज सुधारका विविध कार्यहरू गर्दै आएका छन् ।

एनआरएनए अमेरिकाको निर्वाचन यही १८ र १९ तारिखमा हुंदैछ ।