एनआरएनए अमेरिका निर्वाचन : सुनील साह जन सम्पर्क समिती अमेरिकाको आधिकारिक उम्मेद्वार

672

न्युयोर्क (अमेरिका) – अर्को साता हुन लागेको गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचनका लागी अध्यक्षमा सुनील साह जन सम्पर्क समिती अमेरिकाको आधिकारीक उम्मेद्वार बनेका छन् ।

आइतवार न्युयोर्कमा भएको कार्यक्रममा बोल्दै जन सम्पर्क समिती अमेरिकाका सभापती एवम नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य आनन्द बिष्टले अध्यक्षमा साह र उनको टिम जन सम्पर्क समिती अमेरिकाको आधिकारिक टिम भएको स्पष्ट पारे ।

यस अघि भएका निर्वाचनमा जन सम्पर्क समितीले आफ्नो आधिकारीक उम्मेद्वार घोषणा गर्न सकेको थिएन् यस पटकको निर्वाचनमा भने जन सम्पर्क समिती अमेरिकाका सभापति बिष्ट स्वयमले साह र उनको टिम नै जन सम्पर्क समिती अमेरिकाको आधिकारीक टिम भएकोले प्रजातन्त्रप्रेमी मतदाताले जन सम्पर्क समितीको आधिकारीक टिमलाई बिजयी बनाउन अनुरोध गरे ।

बिगतका कुराहरु बिर्सेर एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागी जन सम्पर्क समितीको आधिकारीक एनआरएनए अमेरिकाका बर्तमान कार्यसमितीका बरिष्ठ उपाध्यक्ष समेत रहेका साहको टिमलाई जिताउन सभापती बिष्टको आग्रह थियो ।

सुनील साह प्रचारप्रसार समुहले न्युयोर्कमा आयोजना गरेको कार्यक्रममा जन सम्पर्क समिती अमेरिकाका सभापती बिष्ट संगै एनआरएनए अमेरिकाका पुर्व अध्यक्ष तथा बरिष्ठ अधिबक्ता खगेन्द्र जिसी, जन सम्पर्क समितीकै बेद खरेल, प्रमोद सिटौला संगै बिभिन्न संघ संस्थाका पदाधिकारीहरुले सुनील साह र उनको टिमलाई बिजयी बनाउन अनुरोध गरेका थिए ।

कार्यक्रममा एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागी बिभिन्न पदमा उम्मेद्वारी दिएका व्यक्तिहरुले समेत अध्यक्षमा साह र आफुले उम्मेद्वारी दिएको पदमा बिजयी बनाउन अनुरोध गरेका थिए । अध्यक्षमा उम्मेद्वारी दिएका अन्य दुई उम्मेद्वार शुर्य लम्साल र सञ्जय थापा भन्दा बलियो अवस्थामा देखिएका साह जन सम्पर्क समितीको आधिकारीक उम्मेद्वार भएपछि थप शशक्त अवस्थामा देखिएका छन् ।

साहले आफ्नो टिम नबनाएको बताउने गरेपनि उनको टिमबाट बरिष्ठ उपाध्यक्षमा डा. अर्जुन बञ्जाडे, उपाध्यक्षमा कृष्णजिबी पन्थ, सर्बज्ञ वाग्ले, बुद्धि सुबेदी, बिआर लामा महासचिवमा पशुपती पाण्डे, सचिवमा अमृत कट्टेल, कोषाध्यक्षमा प्रशन्न संग्रौला, युवा संयोजकमा बिनोद रुवाली तथा महिला संयोजकमा दिक्षा बस्नेत लगायतका छन् ।

एनआरएनए अमेरिकाको निर्वाचन यही १८ र १९ तारिखमा हुदैछ । अध्यक्षका अरु दुई उम्मेद्वार थापा र लम्सालले पनि आफ्नो टिम बनाएर प्रचारप्रसारमा व्यस्त छन् ।

अन्तिम प्रचारप्रसारमा व्यस्त साह
एनआरएनए अमेरिकाको निर्वाचन नजिकिदै गर्दा अध्यक्षका प्रत्यासी स ुनील साहले प्रचार प्रसार व्यापक बनाएका छन् । बर्तमान कार्यसमितीमा बरिष्ठ उपाध्यक्ष समेत रहेका साह अन्तिम चनावी प्रचार प्रसारका क्रममा हरेक दिन जसो अमेरिकाका बिभिन्न शहरहरुमा चुनावी भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा व्यस्त छन् ।

केनेक्टिकट, बोष्टन, न्युयोर्क लगायतमा ठाउंमा साहको प्रचारप्रसार समुहले कार्यक्रम आयोजना गरेको थियो । साह संगै उनको टिमका अन्य पदका उम्मेद्वाहरु पनि सहभागी हुदै आएका छन् ।