समताका प्रधानध्यापकहरुका लागि एक दिने क्षमता अभिबृद्धि सम्पन

92

बाँके
कोहलपुर
समता एजुकेशन ट्रस्ट द्धारा संचालित समता स्कुल प्रदेश ५,६,७ का प्रधानध्यापकहरुका लागि एक दिने क्षमता अभिबृद्धि तालिम सम्पन गरेको छ । एक दिने क्षमता अभिबृद्धि तालिमको उद्घाटन कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले गरे ।

 

रावतले समता स्कुलले लिएको उदेश्य प्राप्तिका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।

मेयर रावतले आगामी दिनहरुमा कोहलपुर नगरपालिका बाट हुने सहयोग हुने विश्वास विक्त गरे।

 

कार्यक्रमम नगर शिक्षा प्रमुख अनन्त कुमार पौडयाले प्रविधियुक्त शिक्षा लाई सबै विद्यालयहरुले रुपान्तरण गर्न आवश्यक रहेको बताए ।

 

पौडयालले कार्यक्रमको शुभकामना दिदै भौतिक पूर्वाधार तथा शिक्षण विधि सबैमा हुन आवश्यक रहेको बताए ।

 

यसै गरी कोहलपुर नगरपालिका विद्यालय निरिक्षक जीवन न्यौपानेले नगर शिक्षा एन तथा शिक्षक शिक्षिकाहरुमा हुनु पर्ने बानी व्यवाहार तथा शिक्षा मन्त्रालयले प्रत्याभूत गरेका एन नियमावली बारे सहजीकरण गरे ।

 

समता कलस्टर कपिलवस्तुका प्रमुख अमृत घिमिरेले लेखा तथा व्यवस्थापन कलस्टर बाँकेका प्रमुख रबि रोकायाले सूचनाको हक तथा विशाल कुवरले नेतृत्व सम्बन्धि र कैलालि कलस्टर प्रमुख मेघराज खड्कालले दर्ता प्रक्रिया लगाएत विषयमा सहजीरकण गरेका थिए ।

 

प्रदेश ५,६,७ का ३१ जिल्लाका प्रधानध्यापक हरुको सहभागिता रहेको थियो । समता स्कुलले माशिक १०० रुपैयामा बाल शिक्षा हुदै बाट डिग्री सम्म अध्यापन गराउदै आएको छ हाल यो विद्यालय नेपालका ७७ जिल्लाहरुमा संचालनमा रहेका छन् ।