एनआरएनए अमेरिका निर्वाचन : बोर्ड अफ डाइरेक्टरमा पहिलो रोजाईका उम्मेद्वार सिपी पौडेल

211

टेक्सास (अमेरिका)- गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसनन निर्वाचनका लागी बोर्ड अफ डाइरेक्टरमा सिपी (चेतप्रसाद) पौडेलले उम्मेद्वारी दर्ता दिएका छन् ।

जन सम्पर्क समिती अमेरिकाको निर्वाचित उपाध्यक्ष पौडेलले एनआरएनए अमेरिकाको आगामी कार्यकालका लागी बोर्ड अफ डाइरेक्टरमा उम्मेद्वारी दिएका हुन् । बोर्ड आफ डाइरेक्टरमा सबैको रोजाइमा परेका पौडेल नेपालमा रहंदा नेपाल बिद्यार्थी संघ सिन्धुलीको दुई पटक अध्यक्ष, केन्द्रिय सदस्य, नेपाली कांग्रेसको महाधिबेसन प्रतिनिधी, महासमिती सदस्य समेत थिए ।

सन २००८ मा अमेरिका आएका पौडेल हाल टेक्सासमा व्यवसाय गर्छन् । सबै प्रवासी नेपालीहरुका लागी सहयोग गर्ने उद्देश्य सहित जन सम्पर्क समितीबाट अलग भएर एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा उम्मेद्वारी दर्ता गराएको पौडेलले बताए ।

जन सम्पर्क समितीको निर्वाचित उपाध्यक्ष भएपनि एनआरएनलाई नजिकबाट बुझेर नै अगाडी बढ्ने लक्ष्य सहित आउंदो कार्यकालका लागी बोर्ड अफ डाइरेक्टरमा उम्मेद्वारी दर्ता गरेको पौडेलको भनाई छ । हाल प्रचारप्रसारमा व्यस्त बोर्ड अफ डाइरेक्टरमा अन्य उम्मेद्वार भन्दा पौडेल एक कदम अगाडी छन् ।

एनआरएनए अमेरिकाको निर्वाचन आगामी मे १८ र १९ तारिखमा हुंदैछ ।