एनआरएनए अमेरिका निर्वाचन : संचारकर्मी रोशन अधिकारी बोर्ड अफ डाइरेक्टरको उम्मेद्वार

96

क्यालिफोर्निया (अमेरिका)– एक दशक भन्दा बढी समयदेखि संचारकर्म गर्दै आएका रोशन अधिकारीले गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा उम्मेद्वारी दिएका छन् ।

चितवनको पत्रकारिता इतिहासको शुरुवाती देखि नै पत्रिका प्रकाशन गरेर समाजमा तेस्रो आँखाको भूमिकाको रुपमा आफूलाई स्थापित गराउन सफल अधिकारीको उम्मेद्वारी परे सँगै अमेरिकामा उनी चर्चामा छन् । प्रायः समय सामाजिक क्षेत्रैमा विताउन रुची राख्नेन अधिकारीको अधिकाँश उर्जाशिल समय सामाजिक कार्यमा नै विताएका हुन् ।

विद्यार्थी जीवनदेखि नै विभिन्न संघसंस्थाको नेतृत्व सम्हालेका अनुभवी अधिकारी अमेरीका पुगेपछि पनि देशको माया लाइ नबिर्सेर सामाजिक कार्यलाई निरन्तरता दिएका हुन् ।

अधिकारीले संचारकर्म संगसंगै एनसीसी अमेरिकाको क्यालिफोर्निया राज्य च्याप्टरको वर्तमान सचिवको रुपमा प्रभावकारी ढंगले आफ्नो कार्य सम्पादन गर्दै आइरहेका हुन् । एनसीसी अमेरिकाको क्यालिफोर्निया राज्य च्याप्टरको सचिवको जिम्मेवारी पूरा गर्दै अधिकारीले छोटो समयमा नै अमेरिकामा रहेका नेपालीहरुको मन जित्नि सफल भएका हुन् ।

क्यालिफोर्नियाको सान फ्रान्सिको बे एरियामा बस्दै आएका अधिकारीले सामाजिक क्षेत्रमा गरेको कामको अनुभवले गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्का (NRNA NCC) अमेरिकाको बोर्ड सदस्यमा उम्मेद्वारी दिएका हुन् । अमेरिकामा रहेका नेपालीहरुलाई संगठित पार्दै सबैको हक, अधिकार सुनिश्चित बनाउँदै साझा संस्थाको रुपमा विकास गराउनका लागि आफूले उम्मेद्वारी दिइएको अधिकारीले बताए । आउंदो मे १८ र १९ तारिखमा एनआरएनए अमेरिकाको निर्वाचन हुंदैछ ।