एनआरएनए अमेरिका निर्वाचन : मिड वेष्ट क्षेत्रबाट उपाध्यक्षमा बुद्धि सुबेदिको व्यापक प्रचारप्रसार

268

विस्कान्सिन (अमेरिका) – गैर आवासीय नपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनका लागी मिड वेष्ट क्षेत्रबाट उपाध्यक्षमा मनोनयन गरेका बुद्धि सुबेदिले प्रचारप्रसारलाई व्यापक बनाएका छन् ।

सामाजिक संजाल संगै बिभिन्न शहरमा पुगेर आफुले उपाध्यक्षका लागी उम्मेद्वारी दिनुको कारण स्पष्ट पार्दै आएका सुबेदिलाई समर्थन समेत बढ्दै गएको देखिएको छ ।

बोलेर भन्दा गरेर देखाउनुपर्छ भन्ने मान्यता राख्ने सुबेदिले एनआरएनएका च्याप्टरहरुलाई बलियो बनाए मात्रै सबै नेपालीमाझ पुग्न सकिन्छ भन्ने लक्ष्यका साथ अमेरिकामा रहेका एनआरएनका च्याप्टर तथा नेपाली संघ संस्थाहरुसंग सहकार्य संगै नेपाली सामुदायीक केन्द्र स्थापनाका लागी सक्दो पहल गर्ने, मिड वेष्टमा एनआरएनको च्याप्टर गठनका लागी पहल गर्ने, स्थानीय नेपाली संघसंस्था र एनआरएनबिच अन्तरक्रिया कार्यक्रम गर्न पहल गर्ने, युवाहरुका लागी खेलकुद तथा छात्रबृत्तिका लागी कार्यक्रमहरु अघि सार्ने लगायतका एजेण्डाहरु सहित उपाध्यक्षमा उम्मेद्वारी दिएका छन् ।

नेपालहुंदा देखिको सामाजिक भावनालाई एनआरएनए मार्फत अझै व्यापक बनाउन तथा संस्थागत भावनाको विकास गर्न पनि उपाध्यक्षका लागी आफ्नो उम्मेद्वारी जरुरी रहेकोले अघि बढेको सुबेदिको भनाई छ ।

सन २००३ सालमा अमेरिकाको मेरिल्याण्ड आएका सुबेदिले सन २००७ देखी आफ्नै व्यवसाय शुरु गरेका थिए। स्याङ्जामा जन्मेका सुबेदि नेपालमा रहंदा उप-प्राध्यापक संगै समाजसेवामा सक्रिय थिए भने अमेरिका आएर पनि समाजसेवामा सक्रिय छन् ।

एनआरएनए अमेरिकाको पहिलो च्याप्टरको रुपमा विस्कान्सिन च्याप्टर बिधिवत दर्ता गरेका सुबेदिले च्याप्टर अध्यक्षमा रहंदा बिभिन्न कार्यक्रमहरु गरेका थिए ।

९ हजार बढि मतदाता रहेको एनआरएनए अमेरिकाको निर्वाचन आगामी मे महिनाको १८ र १९ तारिखमा सम्पन्न हुदैछ ।