एनआरएनए अमेरिका : आगामी अध्यक्षको पहिलो रोजाई सुनील साह

222

टेक्सास (अमेरिका)- गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनका लागी अध्यक्षको पहिलो रोजाईमा सुनिल साह देखिएका छन् ।

मतदाताहरुको मनोभाव, अमेरिकामा रहेका अग्रज समाजसेवी तथा बिद्धानहरुको समर्थन तथा स्वयम साहको व्यक्तिगत लगावका कारण बर्तमान कार्यसमितीका बरिष्ठ उपाध्यक्ष समेत रहेका साह आगामी अध्यक्षको पहिलो रोजाईमा परेका हुन् ।

बरिष्ठ उपाध्यक्षमा बिजयी भएदेखी नै आगामी कार्यकालको लागी तयारी, समयको व्यवस्थापन तथा हरेक हप्ता जसो नेपालीहरुले आयोजना गर्ने बिभिन्न शहरहरुमा उपस्थिती जनाउंदा देखि नै साहलाई अध्यक्षको सबैभन्दा बलियो दाबेदार मानिएको थियो ।

पछिल्लो समय तिब्र प्रचारप्रसार, अध्यक्षमा उम्मेद्वारी दिएका डा. अर्जुन बञ्जाडेको साथ र समर्थन संगै बर्तमान कार्यसमितीका अध्यक्ष डा. केशब पौडेल तथा बहुमत कार्यसमितीका पदाधिकारीको समर्थन र जन सम्पर्क समितीका हरिबोल भण्डारी, खगेन्द्र जिसी, आनन्द बिष्ट, बिश्णु सुबेदि, डा. यादव पण्डित, प्रमोद सिटौला, सिपी पौडेल, ओम भट्टराई लगायतका व्यक्तिहरुको सहयोगमा टेक्सासको डालस निवासी साहको जित लगभग निश्चित रहेको आंकलन गरिएको छ ।

नेपाल हुंदा देखिनै नेबिसंघको राजनिती संगै सामाजिक कार्यमा सक्रिय साह सन २००४ मा अमेरिका आएपछि पनि व्यवसाय र सामाजिक कार्यलाई उत्तिकै महत्वका साथ अगाडी बढाएका व्यक्ति हुन् । एनआरएनए अमेरिकाको निर्वाचन समिती सदस्य, सल्लाहकार तथा बरिष्ठ उपाध्यक्ष हुंदै अध्यक्षको लागी चुनावी मैदानमा होमिएका साह आइटी इन्जिनियर हुन् ।

सरल स्वभाव, सबै संग मिल्न सक्ने तथा सहयोगी भावनाका धनी साहलाई आगामी २०१९ २०२१ कार्यकालका लागी अध्यक्षमा अन्य दुई इन्जिनियर शुर्य लम्साल र सञ्जय थापाले रोक्न नसक्ने बिश्लेषण गरिएको छ । ९ हजार बढि मतदाता रहेको एनआरएनए अमेरिकाको निर्वाचन आगामी मे महिनाको १८ र १९ तारिखमा सम्पन्न हुदैछ ।

बर्तमान कार्यसमितीको बरिष्ठ उपाध्यक्ष समेत रहेका साहले आगामी कार्यकालका लागी उम्मेद्वारी घोषणा कार्यक्रमको आयोजना गरि आफ्ना एजेण्डाहरु समेत सार्बजनिक गरिसकेका छन् ।