एनआरएनए अमेरिका निर्वाचन : आइसीसी सदस्यमा राम कुमार सुबेदिको उम्मेद्वारी

113

टेक्सास (अमेरिका)- गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनका लागी आइसीसी सदस्यमा राम कुमार सुबेदिले उम्मेद्वारी दिएका छन् । एनआरएनए अमेरिकाको बर्तमान कार्यसमितीका उपाध्यक्ष सुबेदिले आगामी २०१९ /२०२१ कार्यकालका लागी आइसीसी सदस्यमा उम्मेद्वारी दिएका हुन् ।

नेपालको झापामा जन्मेर २००२ मा अमेरिका आएका सुबेदि न्युजर्सी पछि हाल टेक्सासको डालसमा बस्दै आएका छन् । एनआरएनए अमेरिकाको सदस्यता छनौट समितीको संयोजक समेत भएका सुबेदिले सबैको साथ सहयोग र सल्लाहमा आइसीसी सदस्यमा मनोनयन दाखिला गरेको स्पष्ट पारे ।

मिलनसार, मृदुषी तथा सहयोगी भावनाका धनी सुबेदिले एनआरएनएलाई सबैको साझा बनाउन आफ्नो तर्फबाट सक्दो पहल गर्दै यो अभियानलाई व्यापक बनाउन लागि पर्ने प्रतिबद्धता सहित आइसीसी सदस्यमा उम्मेद्वारी दिएको बताउंछन् ।