एनआरएनए अमेरिका निर्वाचन : आइसीसी सदस्यमा शंकर खड्काको उम्मेद्वारी

46

क्यालिफोर्निया (अमेरिका)- गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनका लागी आइसीसी सदस्यमा शंकर खड्काले उम्मेद्वारी दिएका छन् ।

एनआरएनए अमेरिका २०१५/२०१७ कार्यकालमा सचिवमा निर्वाचित खड्काले आगामी २०१९/२०२१ कार्यकालका लागी आइसीसी सदस्यमा उम्मेद्वारी दिएका हुन् । प्रवासी नेपालीहरुको हक हित र अधिकारका लागी एनआरएनएले तय गर्ने सबै निती तथा कार्यक्रमहरुलाई सफल बनाउन आइसीसी सदस्यमा आफ्नो उम्मेद्वारी रहेको खड्काले स्पष्ट पारे ।

एनआरएनएको बिश्वव्यापी अभियानलाई अझै प्रभावकारी बनाउदै प्रवासी नेपालीहरुका बिचार र भावनाहरुलाई प्रतिनिधित्व गर्न लागिरहने प्रतिबद्धता सहित यो पकट पनि आइसीसी सदस्यको उम्मेद्ध्वार बनेको खड्काले बताए । एनआरएनए अमेरिकाको निर्वाचन आगामी मे महिनाको १८ र १९ तारिखमा हुदैछ ।