एनआरएनए अमेरिका निर्वाचन : बोर्ड अफ डाइरेक्टरकी बलियो उम्मेद्वार श्रद्धा अधिकारी (सिता)

105

टेक्सास (अमेरिका)- गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा श्रद्धा अधिकारी (सिता) बलियो उम्मेद्वारका रुपमा देखिकी छिन् ।

टेक्सासको डालस निवासी अधिकारी लामो समय देखि गतिबिधिमा संलग्न छिन् । एनआरएन अभियानलाई अझै व्यापक बनाउन तथा महिला सहभागीतालाई बढाउन आफुले एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागी बोर्ड अफ डाइरेक्टरमा उम्मेद्वारी दिएको उनले बताइन् ।

डालसलाई कर्मथलो बनाएकी अधिकारीले सबैको साथ र सहयोगको अपेक्षा गरेको बताइन् । एनआरएनए अमेरिकाले आयोजना गर्ने प्राय कार्यक्रमहरुमा सहभागीता जनाउने अधिकारीले संस्थामै बसेर काम गर्ने आकांक्षा सहित बोर्ड अफ डाइरेक्टरका लागी उम्मेद्वारी दिएको स्पष्ट पारिन् ।

एनआरएनए लाई सबैको अपनत्व हुने संस्था बनाउन तथा समस्यामा परेका नेपालीहरुका लागी संस्थागत रुपमा सहयोग गर्न पहल गर्ने उद्धेश्यसहित आफुले उम्मेद्वारी दिएको उनले बताइन् ।

एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागी बोर्ड अफ डाइरेक्टरमा ४० जनाको उम्मेद्वारी परेको छ ।